सम्पूर्ण गुगल पिक्सेल १० लाइनअपको कलर अप्सन लिक

  • Technology Khabar | २६ जेष्ठ २०८२, सोमबार
सम्पूर्ण गुगल पिक्सेल १० लाइनअपको कलर अप्सन लिक

काठमाडौं ।

गुगल पिक्सेल १० लाइनअप अल्ट्रा ब्लू, लिमोन्सेलो, आइरिस र मिडनाइट गरी चार रङ्गहरुमा उपलब्ध हुने नयाँ लीकले खुलासा गरेको छ। पिक्सेल १० प्रो र पिक्सेल १० प्रो एक्सएल दुवैले स्टर्लिङ ग्रे, लाइट पोर्सिलेन, मिडनाइट र स्मोकी ग्रिन पाउनेछन् भने पिक्सेल १० प्रो फोल्ड स्टर्लिङ ग्रे र स्मोकी ग्रिनमा मात्र बिक्री गरिने भएको छ।

मिडनाइटले लाइनअपमा कालो रङ्गको सबैभन्दा नजिक रहेको ओब्सिडियनलाई प्रतिस्थापन गर्ने भएको छ। तर यो नयाँ मिडनाइट ओब्सिडियन भन्दा लाइट (हल्का) हुने भनिएको छ जुन कालो भन्दा पनि यसलाई डार्क ग्रे (गाढा खैरो) वा स्टर्लिङ ग्रे (हल्का खैरो) को रूपमा सोच्न सकिने बताइएको छ।

त्यसैगरी अल्ट्रा ब्लू “रोयल ब्लू” (शाही निलो) जस्तै रङ्ग हो भने आइरिस पनि पिक्सेल ९ए मा प्रयोग गरिएको उही रङ्ग भएको बताइएको छ। साथै लिमोन्सेलो “मिड–टोन कलर” हो भने लाइट पोर्सिलेन गुगलले पहिले प्रयोग गरेको पोर्सिलेन भन्दा “अलिकति बढी अफ–ह्वाइट” भएको बताइएको छ र स्मोकी ग्रीन गाढा हरियो रङ्ग भएको उल्लेख गरिएको छ।

हालैका अफवाह अनुसार पिक्सेल १० सिरिज अगस्ट २० तारिखमा अनावरण हुने हल्ला गरिएको छ भने त्यतिबेला नै प्रि–अर्डरहरू पनि सुरु हुने सम्भावना रहेको जनाइएको छ। त्यसैगरी नयाँ डिभाइसहरुको ढुवानी र स्टोरमा उपलब्धता भने अगस्ट २८ तारिखमा हुने तालिका रहेको बताइएको छ। साथै, यी चारै डिभाइसहरूले स्वाभाविक रूपमा एन्ड्रोइड १६ रन गर्ने पर्ने उल्लेख गरिएको छ जुन गुगलले यस महिना जारी गर्ने योजना बनाएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...