Technology Khabar २५ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले पूर्वी नेपालको बायुमण्डलीय अवस्था निगरानीका लागि उदयपुरको रौतामाई गाउँपालिका-१, नामेटारको चित्रेथाममा विभिन्न उपकरण जडान गरी निर्माण सम्पन्न गरेको सि-ब्यान्ड डोप्लार राडार सञ्चालनमा आउन सकेको छैन ।
मनसुनजन्य प्रकोपबाट बच्न अग्रिम सूचना दिने महत्त्वपूर्ण उपकरणसहित पाल्पाको रिब्दीकोट र उदयपुरको चित्रेथाममा उक्त विभागले निर्माण गरेको दुई वटा राडारमा गुणस्तरहीन सामग्री प्रयोग गरेको कारण डेढ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसकेको हो।
मौसम विज्ञान विभागले इन्टरप्राइज इलेक्ट्रोनिक कर्पोरसन (इइसी) नामक एक अमेरिकन कम्पनीसँग २०७८ असार २३ मित्र ४५ करोड १० लाख ३४ हजारको लागतमा राडार स्थापना र सञ्चालनको काम सम्पन्न गर्ने गरी २०७६ असार १२ मा सम्झौता गरी ती स्थानमा मौसम राडार निर्माणको काम अगाडि बढाएको थियो।
निर्माण कम्पनीले पूर्वनिर्धारित समयभन्दा करिब साढे दुई वर्ष ढिलो २०५० साल माघ २४ मा काम सम्पन्न गरेको थियो ।
स्थानीय रौतामाई गाउँपालिकाका अध्यक्ष बीरेन्द्र नगरले राडार सञ्चालन नभएको बताए। मौसम राडार निर्माणका लागि जिम्मा दिइएको निर्माण कम्पनी इन्टरप्राइज इलेक्ट्रोनिक कर्पोरेसन (इइसी) ले सम्झौताको सर्त अनुसार नौबिसै घण्टा हेल्प डेस्क सेवा उपलब्ध गराउनुपर्ने १५ दिनभन्दा बढी उपकरण बन्द रहेमा प्रतिदिन तीन सय अमेरिकन डलर क्षतिपूर्ति असुल गर्नुपर्ने भनिएको छ। राडारसमेत सञ्चालनमा नआएको महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०८२ ले उल्लेख गरेको छ ।
उदयपुरको राडार २०८० जेठ २ र पाल्पाको राडार २०५० जेठ ३ देखि सञ्चालनमा नरहेको विभागको विवरणले देखाउँछ। स्थापना भएको एक हप्तामै समस्या देखिएको र विभागले आपूर्तिकर्तालाई पटक पटक पत्राचार गरी ताकेता गरे पनि हालसम्म समाधान नभएको मलेपको प्रतिवेदनमा उल्लेख छ।
मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक सुमनकुमार रेग्मीले उदयपुरको मौसम राडार (इइसी) कम्पनीले मर्मत गरी हालै सञ्चालनमा ल्याएको बताए। उनका अनुसार सो राडारले २५० किलोमिटर परसम्मको वर्षा, हावाहुरी, चट्याङ जस्ता मौसमी घटनाको निगरानी र पूर्वसूचना दिन्छ।
जसबाट विपत् व्यवस्थापन, कृषि, उड्डयन र जलनोत व्यवस्थापन जस्ता प्राकृतिक प्रकोपबाट सुरक्षित रहन ठुलो सहयोग पुग्छ तर पहाडी भूभागले रेडियोगेम छेक्ने हुँदा उपत्यका र टार क्षेत्रको सूचना लिन साना प्रकृतिका एक्सब्यान्ड राडार राख्नु पर्छ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार मौसम राडार वर्षा, आँधिबेहरीलगायतका मौसमी अवस्था पत्ता लगाउन तथा अनुगमन, निगरानी गर्न प्रयोग गरिन्छ ।
मौसमविद् कँडेलका अनुसार राडारबाट वर्षाको प्रकार मात्रा र तीव्रता, बाँदल र हावाको गति र दिशा पहिचान तथा अनुगमन गर्नुका साथै चक्रपात, हुरी, चट्याङ, असिनाको अगाडि नै अनुमान गर्न सकिन्छ । नेपालमा राडार सञ्चालनका लागि राडार बिन नरहेकाले अन्तर ष्ट्रिय विज्ञको सेवा किन्न तयारी गरेको र तत्परन्नात् हाल बन्दरहेको सुर्खेत राडारसमेत सञ्चालनमा ल्याउन सकिने उपनिर्देशक रेग्मीले बताए।
राडारको नियमित सञ्चालनका लागि नियमित विद्युत आपूर्ति इन्धन र पावरम्याक सिस्टमको उचित व्यवस्थापन अति आवश्यक छ। नेपालमा हुने उच्च भोल्टेजको समस्या र पहाडी भूभागमा हुने चट्याङको असरले गर्दा पनि विभागलाई राडार नियमित सञ्चालनमा थप चुनौती हुँदै आएको छ।
प्रकाशित: २५ जेष्ठ २०८२, आईतवार