आईफोनका यी मोडेलहरुमा अब यूट्युबले काम नगर्ने

Technology Khabar २४ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

युट्यूब एपको पछिल्लो अपडेटले केही पुराना आईफोन, आईप्याड र आईपड टच मोडेलहरूको लागि आधिकारिक रूपमा समर्थन बन्द गरेको छ।

आईओएस १६ वा आईप्याडओएस १६ प्रयोग गर्न नसक्ने डिभाइसहरूले अब युट्यूब एप इन्स्टल (स्थापना) वा प्रयोग गर्न नसक्ने रिपोर्ट गरिएको छ।
यी डिभाइसहरूका प्रयोगकर्ताहरूले अब युट्यूब पहुँच गर्नको लागि आफ्नो ब्राउजरको मोबाइल संस्करणमा भर पर्नु पर्ने भएको छ।

युट्यूब संस्करण २०.२२.१ अपडेटले नयाँ न्यूनतम अपरेटिङ सिस्टम आवश्यकताहरू प्रस्तुत गरेको छ। यी आवश्यकताहरू पूरा नगर्ने कुनै पनि डिभाइसले अब एपमा पहुँच गुमाउने बताइएको छ।

प्रभावित डिभाइसहरू यस प्रकार छन्ः

  • आईफोन ६एस
  • आईफोन ६एस प्लस
    आईफोन ७
  • आईफोन ७ प्लस
  • आईफोन एसई (पहिलो पुस्ता)
  • आईप्याड एयर २
  • आईप्याड मिनी ४
  • आईपड टच (सातौं पुस्ता)

यी मोडेलहरू आईओएस वा आईप्याडओएस १५ मा सीमित रहेका छन् र युट्यूब एपको नवीनतम संस्करण इन्स्टल (स्थापना) वा प्रयोग गर्न नसक्ने उल्लेख गरिएको छ।

यदि तपाईं यी पुराना डिभाइसहरू मध्ये कुनै एक डिभाइस प्रयोग गर्दै हुनुहुन्छ भने, तपाईं अझै पनि मोबाइल साइटमा गएर युट्यूब पहुँच गर्न सक्नुहुन्छ। त्यसको लागि सफारी वा कुनै पनि मोबाइल ब्राउजर खोलेर एम डट युट्यूब डट कम टाइप गर्नु पर्नेछ।

वेबसाइटले कण्टेण्टमा पहुँच प्रदान गरे पनि एक्सपिरियन्सका सन्दर्भमा भने एपका धेरै सुविधाहरू जस्तै स्मुथ पर्फमेज्स, ब्याकग्राउण्ड प्लेब्याक र अफलाइन भ्यूइङ्गको लागि डाउनलोडहरूको अभाव हुनेछ।

आईओएस१६ वा पछिल्लो संस्करण समर्थन गर्ने डिभाइसमा अपग्रेड नगरेसम्म, हालको लागि पुरानो एप्पल डिभाइसहरूमा युट्यूब हेर्ने यो नै एक मात्र तरिका भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया