
काठमाडौं ।
चीनले नगदको सट्टा सुनका गहना स्वीकार गर्ने नयाँ प्रकारको एटीएम मेसिनहरू प्रस्तुत गरेको छ।
यी इनोभेटिभ (नवीन) मेसिनहरू देशभरका व्यस्त शपिङ मल र शहरी क्षेत्रहरूमा तैनाथ गरिएको बताइएको छ।
ती एटीएम मेसिनहरू सुनका गहनाको तौल लिन, पगाल्न र केही मिनेटमै प्रयोगकर्ताको बैंक खातामा सम्बन्धित मूल्य क्रेडिट गर्न सक्षम भएको उल्लेख गरिएको छ।
शेन्जेनमा आधारित गहना समूह किङ्गहुड ग्रुपद्वारा सञ्चालित यो प्रविधिले पहिले नै धेरै ध्यान आकर्षित गरिसकेको छ।
सुनको बढ्दो मूल्यबाट लाभ उठाउन खोज्ने वृद्ध बासिन्दाहरूमा यो विशेष गरी लागू भएको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २२ जेष्ठ २०८२, बिहीबार