Technology Khabar २२ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
यस वर्षको सुरुमा आफ्नो आईओएस रिलीज पछि, एडोबले अब आफ्नो फोटोशप (बीटा) एप गुगल प्लेमार्फत निःशुल्क उपलब्ध गराएको छ।
यसको लागि कम्तिमा ६जीबी र्याम भएको एन्ड्रोइड ११ वा पछिल्लो डिभाइस चाहिने बताइएको छ (एडोबले अप्टिमल पर्फमेन्सको लागि ८जीबी सिफारिस गर्दछ)।
त्यसोभए, फोटोशप एपले के गर्न सक्छ?
एडोब फोटोशप बिटाको साथ डेस्कटप संस्करणमा गर्न सकिने लगभग सबै कुराहरु गर्न मिल्ने बताइएको छ। लेयर्स (तहहरू) र मास्कहरूसँग खेल्नेदेखि लिएर ट्याप सेलेक्ट टुलको साथ ईमेजेजहरूको अनावश्यक भागहरू हटाउने र जेनेरेटिभ फिलको लागि एआई प्रयोग गर्नेसम्मका कार्यहरु गर्न सकिने उल्लेख गरिएको छ।
फोटोशप मोबाइल सुविधाहरूः
एडोबले सबै सुविधाहरू बिटा अवधिमा प्रयोग गर्न निःशुल्क भएको र “अतिरिक्त क्षमताहरू चाँडै आउँदैछन्” भनि पुष्टि गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २२ जेष्ठ २०८२, बिहीबार