Technology Khabar २२ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
गत हप्ता, गुगलले प्रयोगकर्ताहरूलाई इन्टरनेट बिना सार्वजनिक रूपमा उपलब्ध एआई मोडेलहरूको रेञ्ज चलाउन अनुमति दिने एउटा एप चुपचाप जारी गरेको छ।
गुगल एआई एज ग्यालेरी भनिने यो एपले प्रयोगकर्ताहरूलाई हगिङ फेस प्लेटफर्ममा उपलब्ध एआई मोडेलहरूमा पहुँच दिन्छ भने आईओएसमा पनि चाँडै आउने बताइएको छ।
यसले प्रयोगकर्ताहरूलाई ईमेजहरू उत्पन्न गर्ने, प्रश्नहरूको जवाफ दिने, कोड लेख्ने र परिमार्जन गर्नका साथै थप कुराहरू गर्न मिल्ने कम्प्याटिबल मोडेलहरू फेला पार्न, डाउनलोड गर्न र चलाउन अनुमति दिनेछ।
समर्थित फोनहरूको प्रोसेसरहरू प्रयोग गरेर मोडेलहरूले इन्टरनेट जडानको आवश्यकता बिना अफलाइन काम गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
क्लाउड–आधारित एआई मोडेलहरू प्रायः तिनीहरूका स्थानीय समकक्षहरू भन्दा बढी शक्तिशाली हुन्छन्। तर तिनीहरूमा कमजोरीहरू पनि हुने गरेका छन्।
केही प्रयोगकर्ताहरू व्यक्तिगत वा संवेदनशील डाटाहरु टाढाको डाटा केन्द्रमा पठाउनका लागि सर्तक हुन सक्छन्। त्यसैगरी तिनीहरूका मोडेलहरू वाई–फाई वा सेलुलर डाटाको आवश्यकता बिना पहुँचयोग्य हुन चाहन्छन् भनि थप उल्लेख गरिएको छ।
गुगलले “एक्सपेरिमेण्टल अल्फा” भन्ने गरेको ‘गुगल एआई एज ग्यालेरी’ यी निर्देशनहरू पालना गरेर गिटहब बाट डाउनलोड गर्न सकिने बताइएको छ।
होम स्क्रिनले “इमेज प्रम्प्ट” र “एआई च्याट” जस्ता एआई कार्यहरू र सीपहरूको सर्टकटहरू प्रदर्शन गर्नेछ।
विकल्प चयन गर्दा त्यस कार्यको लागि उपयुक्त मोडेलहरूको सूची जस्तै गुगल जेम्मा ३एन प्रदर्शित हुने बताइएको छ।
गुगल एआई एज ग्यालरीमा “प्रम्प्ट ल्याब” पनि उपलब्ध हुनेछ जुन प्रयोगकर्ताहरूले टेक्स्ट समराइजेसन र ट्रान्सक्रिप्शन जस्ता “वान–वे” मोडेल–ड्रिभन टास्क (कार्य) हरू कार्यान्वयन गर्न प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।
प्रम्प्ट ल्याब धेरै टास्क टेम्प्लेटहरू र मोडेलको व्यवहारलाई फाइन–ट्यून गर्न कन्फिगर योग्य सेटिङहरूका साथ आउने बताइएको छ।
अधिक शक्तिशाली हार्डवेयर भएका आधुनिक डिभाइसहरूले मोडेलहरू छिटो चलाउनेछन् भने मोडेलको आकार पनि महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ।
उदाहरणका लागि जस्तै “ईमेज प्रम्प्ट” लाई प्रतिक्रिया दिँदै साना मोडेलहरू भन्दा ठूला मोडेलहरूले कार्य पूरा गर्न धेरै समय लिनेछन्।
एप्लिकेसन अपाचे २.० इजाजतपत्र अन्तर्गत इजाजतपत्र प्राप्त रहेको छ जसको अर्थ यो धेरैजसो अवस्थामा व्यावसायिक वा अन्य कार्यका लागि प्रतिबन्ध बिना प्रयोग गर्न सकिने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २२ जेष्ठ २०८२, बिहीबार