विद्यालयको ल्यापटप चोरी गरेको आरोपमा युवक पक्राउ

  • Technology Khabar | २१ जेष्ठ २०८२, बुधबार
विद्यालयको ल्यापटप चोरी गरेको आरोपमा युवक पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

गोरखा जिल्लाको अजिरको गाउँपालिकाको एक विद्यालयको ल्यापटप र अन्य सामाग्री चोरी गरेको आरोपमा हंसपुरका एक युवकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अजिर कोट गाउँपालिका–३ हंसपुरका १९ वर्षीय अर्जुन परियार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन्।

उनका अनुसार जेठ १५ गते मङ्गलवार लप्सिबोटमा रहेको ज्ञानज्योती माध्यमिक विद्यालयको २ थान ल्यापटप, ल्यापटपको चार्जर १ थान, स्पिकर १ थान, पोर्टेवल डिभाइस २ थान र टर्च लाइट २ थान चोरी गरेको आरोपमा परियारलाई पक्राउ गरिएको हो।

विद्यालयको चोरी भएको सामान सहित प्रहरीले परियारलाई पक्राउ गरेर चोरी मुद्दा दर्ता गराएको र जेठ १९ गते गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागी म्याद थप गरी प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...