काठमाडौं ।
एक्स प्लेटफर्मको लागि भुक्तानी गर्ने केही प्रयोगकर्ताहरूले एक्सच्याटमा पहुँच पाएको रिपोर्ट गरेका छन्। उक्त एक्सच्याट अवस्थित डीएम सुविधाको नयाँ संस्करण भएको बताइएको छ।
एक्सच्याटको भाग भनिएका केही सुविधाहरूमा ग्रुप म्यासेजिङ, इण्ड–टु–इण्ड इन्क्रिप्सन, डिस्यापियरिङ म्यासेज मोड, म्यासेजहरूलाई अनरिड (नपढिएको) रूपमा मार्क (चिन्ह) लगाउने क्षमता, र फाइल सेयरिङ समावेश छन्।
म्यासेजहरू चार–अङ्कको पासकोडको साथ सुरक्षित गर्न सकिने टेलिग्राफले रिपोर्ट गरेको छ।
एक्सले आफ्नो एन्क्रिप्टेड डीएम सुविधामा काम बन्द गरिरहेको घोषणा गरेको छ जुन एक्सच्याटको आगामी रिलीजसँग जोडिएको हुन सक्ने अनुमान गरिएको छ भने नयाँ प्रणालीले अवस्थित डीएम इन्टरफेसलाई अप्रचलित बनाउने जनाइएको छ।
आफ्नो एक्स खाताहरूको लागि भुक्तानी गर्नेहरूले दुई वर्षदेखि एन्क्रिप्टेड म्यासेजिङको सीमित संस्करणमा पहुँच पाएको उल्लेख गरिएको छ।
ट्विटर खरिद गरेको वर्षहरूदेखि नै, मस्कले एक्समा सिग्नल–लाइक म्यासेज सेवा निर्माण गर्ने आफ्नो महत्वाकांक्षाको बारेमा बारम्बार बोल्दै आएका छन्।
यदि एक्सच्याट साँच्चै आम जनताको लागि तयारी गरिरहेको छ भने, यो समाचार कम्पनीको लक्ष्यको प्राप्ति हुन सक्ने उल्लेख गरिएको छ।
“एउटा नयाँ एक्सच्याट इन्क्रिप्शन डिस्यापियरिङ म्यासेजेज र कुनै पनि प्रकारको फाइल पठाउने क्षमताको साथ प्रस्तुत गरिँदैछ। यसले अडियो/भिडियो कलहरू पनि प्रदान गर्दछ। यो इन्क्रिप्शन (बिटकोइनको शैलीमा) सहितको रस्टमा निर्मित छ, एक एकदम नयाँ वास्तुकला” भनि मस्क आफैंले पनि नयाँ विवरणहरू प्रदान गरेको टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २१ जेष्ठ २०८२, बुधबार