पृथ्वीले आफ्नो अक्सिजन गुमाउने वैज्ञानिकहरूको चेतावनी

  • Technology Khabar | २१ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

जीवनको लागि निकै नै महत्त्वपूर्ण पृथ्वीको अक्सिजन–समृद्ध वायुमण्डल लगभग एक अर्ब वर्षसम्म रहने अपेक्षा गरिएको हालैको एक अध्ययनले खुलासा गरेको छ। सौर्य विकिरण बढ्दा वायुमण्डलीय कार्बन डाइअक्साइड घट्नेछ र फोटोसेन्थेसिसमा बाधा पु¥याउनेछ जसले गर्दा अक्सिजनको स्तरमा तीव्र गिरावट आउनेछ।

नेचर जियोसाइन्समा प्रकाशित अध्ययनले ‘यो डिअक्सिजनेशन द्रुत रूपमा हुन सक्छ, जसले पृथ्वीलाई अधिकांश जीवन रूपहरूको लागि अयोग्य बनाउँछ’ भनि उल्लेख गरेको छ। त्यसैगरी अक्सिजन बसोबासयोग्य ग्रहहरूमा स्थायी बायोसिग्नेचर नहुन सक्छ, जसले बाह्य जीवनको खोजीलाई असर गर्छ भनेर निष्कर्षहरूले सुझाव दिएको छ।

“धेरै वर्षदेखि, सूर्यको स्थिर उज्यालोपन र ग्लोबल (विश्वव्यापी) कार्बोनेट–सिलिकेट जियोकेमिकल साइकल (भू–रासायनिक चक्र) को बारेमा वैज्ञानिक ज्ञानको आधारमा पृथ्वीको जैविक क्षेत्रको जीवनकालको बारेमा छलफल हुँदै आएको छ। यस्तो सैद्धान्तिक ढाँचाको एउटा परिणाम भनेको भूगर्भीय समयको आधारमा वायुमण्डलीय कार्बन डाइअक्साइड (CO2) स्तरमा निरन्तर गिरावट र विश्वव्यापी तापक्रम वृद्धि हो। वास्तवमा फोटोसेन्थेसिसको लागि कार्बन डाइअक्साइड (CO2) अभाव र अत्यधिक तापक्रमको संयोजनका कारण पृथ्वीको वायोस्फेयर (जैविक क्षेत्र) आगामी २ अर्ब वर्षमा समाप्त हुनेछ भन्ने सोचाइ रहेको छ। यदि यो सत्य हो भने, वायुमण्डलीय अक्सिजन स्तर पनि अन्ततः टाढाको भविष्यमा घट्नेछ भनेर कसैले पनि अनुमान गर्न सक्ने उल्लेख गरिएको छ। “यद्यपि, यो कहिले र कसरी हुनेछ भन्ने कुरा स्पष्ट छैन” जापानको तोहो विश्वविद्यालयका वातावरणीय वैज्ञानिक काजुमी ओजाकीले अध्ययन प्रकाशित भएपछि बताएको उल्लेख गरिएको छ।

भविष्यमा पृथ्वीको वायुमण्डल कसरी विकसित हुनेछ भनेर जाँच गर्न, ओजाकी र जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीका सह–प्राध्यापक क्रिस्टोफर रेनहार्डले जलवायु र जैविक–रासायनिक प्रक्रियाहरूको अनुकरण गर्ने पृथ्वी प्रणाली मोडेल निर्माण गरेको बताइएको छ।

भविष्यको पृथ्वी विकासको मोडेलिङ गर्दा भूगर्भीय र जैविक विकासमा आन्तरिक रूपमा अनिश्चितताहरू भएको हुनाले, एक स्टोकास्टिक अप्रोच अपनाइएको र जसले अनुसन्धानकर्ताहरूलाई अक्सिजनयुक्त वायुमण्डलको जीवनकालको सम्भाव्य मूल्याङ्कन प्राप्त गर्न सक्षम बनाएको उल्लेख गरिएको छ।

ओजाकीले मोडेल प्यारामिटरहरू फरक पार्दै उक्त मोडेल ४०० हजार भन्दा बढी पटक चलाएको र लगभग २.५ अर्ब वर्ष पहिलेको ग्रेट अक्सिडेशन इभेण्ट अघिको प्रारम्भिक पृथ्वीको सम्झना दिलाउने द्रुत डिअक्सिजनेशनको साथ पृथ्वीको अक्सिजन–समृद्ध वायुमण्डल सम्भवतः अर्को एक अर्ब वर्षसम्म रहनेछ भन्ने पत्ता लगाएको बताइएको छ।

“ग्रेट डिअक्सिजनेशन पछिको वायुमण्डल उच्च मिथेन, कार्बन डाइअक्साइड (CO2) को कम स्तर, र ओजोन लेयर (तह) बिनाको हुनेछ। पृथ्वी प्रणाली सम्भवतः एनारोबिक लाइफ फर्मको संसार हुनेछ” भनि ओजाकीले बताएका छन्।

पृथ्वीको अक्सिजनयुक्त वायुमण्डलले दुर्लभ रुपमा पत्ता लगाउन सकिने जीवनको महत्त्वपूर्ण संकेतलाई प्रतिनिधित्व गर्दछ। यद्यपि, यस अध्ययनले पृथ्वीको अक्सिजनयुक्त वायुमण्डल स्थायी विशेषता हुनेछैन र अक्सिजनयुक्त वायुमण्डल पृथ्वीको सम्पूर्ण इतिहासको २०–३० प्रतिशत बसोबास गरिएको ग्रहको रूपमा मात्र सम्भव हुन सक्छ भन्ने सुझाव दिएको छ।

अक्सिजन (र फोटोकेमिकल बाइप्रोडक्ट, ओजोन) एक्सोप्लानेटहरूमा जीवनको खोजीको लागि सबैभन्दा स्वीकृत बायोसिग्नेचर हो र यदि हामीले यो अन्तर्दृष्टिलाई पृथ्वी जस्तै ग्रहहरूमा सामान्यीकरण गर्ने हो भने, वैज्ञानिकहरूले हाम्रो सौर्यमण्डलभन्दा बाहिरको जीवनको खोजीमा कमजोर अक्सिजनयुक्त र एनोक्सिक संसारहरूमा लागू हुने थप बायोसिग्नेचरहरू विचार गर्न आवश्यक छ भनि एनडीटिभीले रिपोर्ट गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया