हरेक २६ सेकेन्डमा पृथ्वी धड्कीरहन्छ तर वैज्ञानिकहरूलाई यसको कारण थाहा छैन

  • Technology Khabar | २१ जेष्ठ २०८२, बुधबार
हरेक २६ सेकेन्डमा पृथ्वी धड्कीरहन्छ तर वैज्ञानिकहरूलाई यसको कारण थाहा छैन

काठमाडौं ।

पृथ्वी हरेक २६ सेकेन्डमा शान्त र लयबद्ध रूपमा धड्किरहेको देखिन्छ। मानिसहरूको खुट्टाले महसुस गर्न नसक्ने गरी हुने यो धेरै सूक्ष्म र हल्का कम्पनले दशकौंदेखि वैज्ञानिकहरूलाई चकित पार्दै आएको छ। महाद्वीपहरूमा सिस्मोमिटरहरूद्वारा पत्ता लगाइएको उक्त रहस्यमय “हार्टबिट” (मुटुको धड्कन) को कुनै पुष्टि गरिएको व्याख्या उपलब्ध नभएको बताइएको छ। तर यो धड्कन–अपरिवर्तित र अस्पष्ट व्याख्या बिना धड्किन जारी रहेको उल्लेख गरिएको छ।

पहिलो पटक सन् १९६० को दशकको सुरुमा भूभौतिकशास्त्री ज्याक ओलिभरले अवलोकन गरेका थिए, “माइक्रोसिज्म” भनेर चिनिने यो घटना भूमध्यरेखीय एट्लान्टिक महासागरको कुनै भागमा पत्ता लागेको थियो र निश्चित मौसमहरूमा बलियो हुने गरेको उल्लेख गरिएको छ। तर आधुनिक उपकरणहरू बिना, ओलिभरको काम धेरै हदसम्म सैद्धान्तिक रहेको डिस्कभर म्यागजिनले रिपोर्ट गरेको छ।

सन् २००५ मा कोलोराडो बोल्डर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले डिजिटल सेस्मिक (भूकम्पीय) डाटा प्रयोग गरेर उही संकेतको अध्ययन गरेपछि उक्त रहस्य पुनः वैज्ञानिक स्पटलाइटमा फर्किएको बताइएको छ। आफ्नो टोलीले ‘पल्स’ पुनः पत्ता लगाएको क्षणलाई सम्झँदै “हामीले केही अनौठो, स्थिर र निरन्तर भइरहेको देख्यौं” भूकम्पविद् माइक रिट्जवोलरले बताए। उनीहरूले ‘पल्स’ पश्चिम अफ्रिकाको तटमा रहेको गिनीको खाडीमा पत्ता लगाएका हुन्।

तर यसको कारण के हो?
एउटा सिद्धान्तले यो कन्टिनेण्टल (महाद्वीपीय) शेल्फमा ठोक्किने शक्तिशाली समुद्री छालहरूको परिणाम हो भनेर सुझाव दिएको छ। जस्तै यसलाई ‘कसैले डेस्कको एक छेउमा ट्याप गर्दा तपाईंले महसुस गर्ने कम्पन जस्तै हो’ भनेर बुझ्न सकिनेछ भनि उल्लेख गरिएको छ। त्यसैगरी सन् २०१३ मा चिनियाँ वैज्ञानिकहरूले प्रस्ताव गरेको अर्को सिद्धान्तले बोनीको बाइटमा रहेको साओ टोम टापु नजिकै ज्वालामुखी गतिविधिलाई औंल्याउँदै शंकास्पद रूपमा ‘पल्स’को उत्पत्ति भएको ठाउँसँग सम्बन्धित हुन सक्छ भनेर उल्लेख गरेका छन्।

दशकौंको अध्ययन र धेरै टोलीहरूले विभिन्न कोणबाट घटनाको जाँच गरे तापनि, तिनीहरु बीच कुनैमा पनि सहमति हुन सकेको छैन। “हामी अझै पनि आधारभूत व्याख्याको लागि पर्खिरहेका छौं” भनि रिट्जवोलरले स्वीकार गरेका छन्। केही वैज्ञानिकहरूले यसलाई ठूला भूकम्पीय अनुसन्धान प्रश्नहरूको तुलनामा “रोचक तर कम–प्रभाव”को रिडल भनेर यसलाई प्राथमिकता दिन पनि छोडेका छन्।

तैपनि, प्रत्येक २६ सेकेन्डमा, पृथ्वी मेट्रोनोम जस्तै टिक–टिक हुने तथ्यको रहस्य समाधान हुन बाँकी नै रहेको र यसको रहस्य स्रोत, उद्देश्य, र दृढता समुद्री छालहरू र ज्वालामुखी चट्टान मुनि लुकेको हुनसक्ने उल्लेख गरिएको छ।

र त्यसैगरी सायद सबैभन्दा डरलाग्दो कुरा भनेको ‘यो रोकिएको छैन’ भनि एनडीटिभीले रिपोर्ट गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार