काठमाडौं ।
माइक्रोसफ्टले सोमबार स्विट्जरल्याण्डमा ४०० मिलियन अमेरिकी डलर लगानी गर्ने बताएको छ। कम्पनीले यो रकम यसको आफ्नो क्लाउड कम्प्युटिङ पूर्वाधार र आर्टिफिसियल इन्टेलिजेन्स विकास गर्न लगानी गर्ने बताएको छ।
अमेरिकी प्रविधि कम्पनीले बर्नमा स्विस अर्थमन्त्री गाय पार्मेलिन र यसका उपाध्यक्ष ब्राड स्मिथको बैठकमा लगानीको घोषणा गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
स्विट्जरल्याण्डमा हाल १,००० मानिसहरूलाई रोजगारी दिइरहेको माइक्रोसफ्टले उक्त लगानीले कति रोजगारी सिर्जना गर्नेछ भन्ने बारेमा विवरण प्रदान गरेको छैन।
स्विट्जरल्याण्डमा आर्टिफिसियल इन्टेलिजेन्स र क्लाउड कम्प्युटिङ सेवाहरूको बढ्दो मागलाई सम्बोधन गर्दै जेनेभा र जुरिच नजिकैका आफ्ना चार डाटा सेन्टरहरू विस्तार र सुधार गर्न पैसा प्रयोग गरिने थप बताइएको छ।
कम्पनीको यस नयाँ विस्तारले अवस्थित र नयाँ ग्राहकहरूलाई सेवा दिनेछ र स्विस सीमा भित्र नै डाटा राख्न मद्दत गर्नेछ जुन स्वास्थ्य सेवा, वित्त र सरकार जस्ता क्षेत्रहरूको लागि महत्त्वपूर्ण आवश्यकता भएको जनाइएको छ।
यस बाहेक माइक्रोसफ्टले साना र मध्यम आकारका कम्पनीहरूसँग साझेदारीमा आफ्नो काम विस्तार गर्नुका साथै मानिसहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल टुल्सहरू प्रयोग गर्न मद्दत गर्न प्रशिक्षण प्रयासहरू बढाउनेछ।
“स्विट्जरल्याण्डले विश्वको अग्रणी इनोभेसन इकोसिस्टमहरू मध्ये एक सिर्जना गरेको छ, जसले विश्व–स्तरीय रिसर्च (अनुसन्धान) लाई रियल– वर्ल्ड एप्लिकेसन्स (वास्तविक–विश्व अनुप्रयोगहरू)सँग संयोजन गर्दछ” स्मिथले एक विज्ञप्तिमा भने।
प्रकाशित: २१ जेष्ठ २०८२, बुधबार