ग्लोब्याट डिलर मिट २०८२ सम्पन्न, दुईपांग्रे र चारपांग्रे नयाँ ब्याट्री सिरिज सार्वजनिक

  • Technology Khabar | २० जेष्ठ २०८२, मंगलवार
ग्लोब्याट डिलर मिट २०८२ सम्पन्न, दुईपांग्रे र चारपांग्रे नयाँ ब्याट्री सिरिज सार्वजनिक

काठमाडौं ।

अटोमोटिभ ब्याट्री ब्राण्ड ‘ग्लोब्याट’को ‘डिलर मिट २०८२’ सम्पन्न भएको छ। जेठ १४ र १५ गते काठमाडौंस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा कार्यक्रम भएको हो।

कार्यक्रममा देशभरका १०० भन्दा बढी डिलर, कर्मचारी तथा अतिथिहरूको सहभागिता रहेको ग्लोब्याटका लागि नेपालको आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङले जनाएको छ। कार्यक्रममा दुईपांग्रे र चारपांग्रे ब्याट्री सिरिज पनि सार्वजनिक गरिएको छ।

ग्लोब्याटका लागि नेपालको आधिकारिक वितरक त्रिथुङ्गा ट्रेडिङ प्रा.लि. र बङ्गलादेशको रहिमाफ्रुज ग्रुपको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।

दुईपांग्रे र चारपांग्रे सवारीसाधनका लागि नेपाली बजारमा सार्वजनिक भएका ग्लोब्याटका नयाँ ब्याट्री पनि ग्राहकको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ। कम्पनीले भिआरएलए, एएफबी र क्लासिक सेरिज ब्याट्री सार्वजनिक गरेको हो।

कार्यक्रममा त्रिथुङ्गा ट्रेडिङका महाप्रबन्धक श्याम पाण्डेले निकट भविष्यमै ग्लोब्याटको वितरण सञ्जाललाई अझ बिस्तार गरिने घोषणा गरे।

रहिमाफ्रुज ग्रुपका कार्यकारी निर्देशक फराज अब्दुर रहिम, प्रमुख कार्यकारी अधिकृत कम्रुल इस्लाम, अन्तर्राष्ट्रिय व्यापार प्रमुख जाकिर हुसेन र सार्क क्षेत्र प्रमुख अमिर हुसेन नोभलले यो ब्राण्ड छोटो समयमा नेपालमा पनि लोकप्रिय बनेकोमा खुसी व्यक्त गरे।

यसैबीच, कम्पनीले डिलरहरुलाई सम्मान गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ठ व्यावसायिक प्रदर्शन गर्ने विभिन्न १९ डिलरहरूलाई विभिन्न क्याटागोरीमा सम्मान गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...