यात्रुहरूसँग बढि भाडा लिने, अफलाइनमा बार्गेनिङ्ग गर्ने राइडरहरू ट्राफिक प्रहरीको कारबाहीमा

Technology Khabar १९ जेष्ठ २०८२, सोमबार

यात्रुहरूसँग बढि भाडा लिने, अफलाइनमा बार्गेनिङ्ग गर्ने राइडरहरू ट्राफिक प्रहरीको कारबाहीमा
चालकको कागजपत्र जाँच गर्दै ट्राफिक प्रहरी। फाइल तस्बिर।

काठमाडौं ।

सार्वजनिक यातायात बन्द भएको समयमा विभिन्न राइड शेयरिङ्ग एपमार्फत यात्रुहरूसँग बढि भाडा लिने राइडरहरुलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। यसैगरी अफलाइनमा बार्गेनिङ्ग गर्ने राइडरहरूलाई समेत कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा गरिएको कारबाहीमा कुल २७८ जना राइडरहरुलाई गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार आज यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गरेको मौका छोपी विभिन्न राइड शेयरिङ्गका चालकले यात्रुलाई गन्तव्यमा पुर्याउन सडकमा यात्रुको पर्खाइमा बसेर सवारी आवागमनमा बाधा पुर्याउने, यात्रुबाट बढी भाडा लिने, अफलाइन बार्गेनिङ्ग गर्ने तथा यात्रुलाई हैरानी दिने ६० जना चालकहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई विभिन्न प्रहरी कार्यालयमा बुझाएको छ।

यसका साथै २ सय १८ जनालाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरी छाडिएको जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया