Technology Khabar १९ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङले भाडा वृद्धि गरेको समाचारहरु आइरहेको बेला राइड सेयरिङ कम्पनी पठाओ नेपालले पठाओ मोबाइल एपमा नियमित शुल्क बाहेक कुनै पनि वृद्धि नभएको बताएको छ ।
कम्पनीले यात्रुहरुलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरेको बताइएको छ।
पठाओले आफ्नो सामाजिक सन्जालमार्फत यो जानकारी गराएको हो। साथै पठाओले सुरक्षित र सुनिश्चित राइडका आगि अफलाइन यात्रा नगर्न यात्रुहरुलाई अनुरोध गरेको छ ।
अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुर्व्यवहारमा परेको घटना यस अगाडि नेपाल प्रहरीले नै बताउँदै आएको छ। अफलाइन यात्रा गर्दा सोको रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन पठाओले अनुरोध गरेको छ।
साथै पठाओले केही समस्या पर्दा २४सै घणटा पठाओको कल सेन्टरको नम्बर ०१-५९७००९९ मा सम्पर्क गरि पठाओ राइडसम्बन्धी गुनासो र उजुरी गर्न सकिने बताएको छ।
प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार