सिन्धुपाल्चोकमा छयालिस हजार राष्ट्रिय परिचयपत्र तयार

Technology Khabar १९ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

सिन्धुपाल्चोकमा दुई लाख २५ हजार ८ जनाले राष्ट्रिय परिचयपत्र फाराम भरेकोमा ४६ हजार १२५ थान कार्ड छापिएर आएको छ। प्रमुख जिल्ला अधिकारी किरण थापाले छापिएर आएकामध्ये सात हजार ११ वटा कार्ड वितरण गरिएको जानकारी दिए।

३२ हजार ११४ थान कार्ड वितरण गर्न बाँकी रहेको छ। तीन नगरपालिका नौ गाउँपालिकाबाट फाराम भरेका २० हजार थान कार्ड आएको हो । त्यसमध्ये ९५० थान कार्ड वितरण गरिएको छ भने एक हजार ९५० थान कार्ड वितरण गर्न बाँकी छ।

बिसं २०७= मसिरमा जिल्ला प्रशासनले घुम्ती शिविरमार्फत सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्र फाराम भर्न अवसर दिएको थियो। आव २०७७/७८ साउन २१ बाट जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्र फाराम भर्न सुरु गरिएको थियो।

उक्त वर्ष चार हजार ६४२ आव २०७८ /७२ मा २१ हजार ६२३, आव २०७२/८० मा २४ हजार ८३२, आव २०८०/८१ मा १६ हजार १३३, आव २०६१ / ८२ को जेठ १६ सम्म १४ हजार २५ जनाले राष्ट्रिय परिचयपत्र फाराम भरेका थिए। जिल्ला प्रशासन कार्यालयमा थन्किएर बसेका कार्ड वितरण गर्दै आएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

जिल्ला प्रशासन कार्यालयका साथै सिन्धुपाल्चोकका तीन स्थानीय तहले घर घरमा राष्ट्रिय परिचयपत्र पु-याएका छन्। यसअघि जिल्ला प्रशासन कार्यालयमा पुगेर राष्ट्रिय परिचयपत्र फाराम भरेकाको कार्ड बनेर आएपछि स्थानीय जनप्रतिनिधिले घर घर र वडा कार्यालयबाटै परिचयपत्र बितरण गर्न थालेका छन्।

भोटेकोशी गाउँपालिका २ मा मात्रै २५० राष्ट्रिय परिचयपत्र वितरण गरिएको वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए। कार्ड लिनकै लागि उक्त वडाबाट चौतारास्थित जिल्ला प्रशासन कार्यालय पुग्न गाडीमै चार घण्टाभन्दा बढी समय लाग्ने गरेको छ। गाउँघरमै राष्ट्रिय परिचयपत्र पाएपछि समय र पैसाको बचत भएको भोटेकोशी-२, थामीगाउँको ज्येष्ठ नागरिक फूलमाया थामीले बताए।

चौतारा साँगाचोकगढी नगरपालिका, भोटेकोशी गाउँपालिका, बलेफी गापाले अहिले धमाधम राष्ट्रिय परिचयपत्र वितरण गर्दै आएका छन्। बैक्क खाता खोल्न, सामाजिक सुरक्षा भत्ता लिन, पासपोर्ट लिनलगायत कामकाजका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अहिले जिल्ला प्रशासन कार्यालय चौतारामा राष्ट्रिय परिचयपत्रको फाराम भर्न आउनेको सक्ख्या वृद्धि भइरहेको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया