आईफोन १७ ले आईफोन १६ को जस्तै चिप र र्याम प्रयोग गर्ने नयाँ लीकको दावी

Technology Khabar १९ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

एप्पलको आईफोन १७ ले पूर्ण रूपमा राम्रो तरिकाले नभइ अलिकति आश्चर्यजनक रूपमा आकार लिइरहेको छ। ठूलो डिस्प्लेको बारेमा हल्लाहरू फैलिरहेका बेला, एउटा नयाँ रिपोर्टले आधार मोडेलले धेरैले आशा गरिहेको पर्फमेन्स वुस्ट नदेख्ने सुझाव दिएको छ। एप्पलले आईफोन १७ मा यसको पूर्ववर्तीको जस्तै चिपसेट र र्याम समावेश गर्ने उल्लेख गरिएको छ।

जीएफ सेक्युरिटीज विश्लेषक जेफ पुको अनुसन्धान नोट अनुसार, सन् २०२५ को सेप्टेम्बरमा लन्च हुने आईफोन १७ मा ६.३ इन्चको डिस्प्ले हुनेछ भने यसको पूर्ववर्ती आईफोन १६ मा ६.१ इन्चको डिस्प्ले रहेको छ जुन प्रो मोडेलको स्क्रिन साइजसँग मेल खाने बताइएको छ। स्ट्रिमिङ वा मल्टिटास्किङको लागि ठूलो क्यानभास चाहनेहरूका लागि यो राम्रो अपग्रेड हुने उल्लेख गरिएको छ। तर आईफोन १७ मा पनि आईफोन १६ को जस्तै ए१८ चिप र ८ जीबी र्याम रहने रिपोर्ट गरिएको छ। यसैबीच, आईफोन १७ एयर, प्रो र प्रो म्याक्सले भने १२ जीबी र्यामको साथ ए१९ चिप समावेश गर्ने अपेक्षा गरिएको छ।

यस अघि एप्पलले आईफोन १७ लाइनअपको आफ्ना अन्य मोडेलहरूसँग मिल्ने गरी आईफोन १७ को र्याम बढाउने बारेमा चर्चा भएको थियो। तर पुको टिप्पणीले भने त्यो योजना खारेज भएको सुझाव दिएको छ। ए१८ चिप समावेश गर्नु अझ अनौठो विकल्प हुने बताइएको छ र यसले विशेष गरी उन्नत एआई सुविधाहरूको सन्दर्भमा आईफोन १७ लाई कम प्रतिस्पर्धी महसुस गराउन सक्छ भनि थप उल्लेख गरिएको छ।

ए१८ ले हाल कुनै खराबी बिना आईफोन १६ लाई सोलिड इफिसियन्सी (ठोस दक्षता) का साथ पावर (शक्ति) प्रदान गरेको बताइएको छ। तर ए१८ मै टाँसिरहनुले एप्पलले खरीदकर्ताहरूलाई महँगो प्रो मोडेल वा अल्ट्रा–स्लिम एयर मोडेलतर्फ धकेल्ने संकेत दिन सक्ने सम्भावनाको उल्लेख गरिएको छ।

आईफोन १७ ले सम्भवतः यसको ४८ मेगापिक्सेलको मुख्य क्यामरा र आईपी६८ रेटिङ कायम राख्नेछ भने आईओएस २६ मा एक्सटर्न डिस्प्ले समर्थन जस्ता नयाँ ट्रिक्सहरू समावेश गर्ने हल्ला पनि रहेको छ। तर कुनै चिप वा र्याम अपग्रेड बिना, यो यसको अन्य चम्किला मोडेलहरूले ओझेलमा पर्ने जोखिममा रहेको उल्लेख गरिएको छ। यसको बारेमा जुन ९ तारिखमा हुने एप्पलको डब्ल्यूडब्ल्यूडीसीले थप जानकारी प्रस्तुत साझा गर्न सक्छ भने अहिलेको लागि, आईफोन १७ गत वर्षको क्लोथ (लुगा) मा ठूलो स्क्रिन हुने जस्तो देखिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया