अनरले ह्युमनोइड रोबोटमा काम गर्दै

Technology Khabar १९ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

यस हप्ता शेन्जेनमा आयोजित एक कार्यक्रममा, चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले ह्युमनोइड रोबोटको श्रेणीमा आफ्नो प्रवेशको घोषणा गरेको छ।

अनर ४०० सिरिजको चीन लन्चको क्रममा कम्पनीले उक्त घोषणा गरेको हो। कम्पनीले आफूलाई अर्को फोन ब्राण्डको सट्टा “एआई डिभाइस इकोसिस्टम कम्पनी” बन्ने आफ्नो व्यापक प्रयासको एक भागको रूपमा वर्णन गरेको उल्लेख छ।

अनरले आफ्नो ह्युमनोइड रोबोट यात्रा सुरु गर्योः
अनरले यस अघि नै प्रति सेकेन्ड ४ मिटरको गतिमा दौडने ह्युमनोइड रोबोटको लागि नयाँ रेकर्ड कायम गरेको बताएको छ। यद्यपि, यो उपलब्धिको लागि प्रयोग गरिएको हार्डवेयर भने वास्तवमा अनरले नबनाएको उल्लेख गरिएको छ।

उक्त हार्डवेयर आफ्नो किफायती र चुस्त बाइपेडल बटहरूको लागि परिचित चिनियाँ रोबोटिक्स कम्पनी युनिट्रीबाट आएको बताइएको छ। अनरले आफ्नो योगदानको भागको रूपमा युनिट्रीको ओपन सफ्टवेयर इन्टरफेस प्रयोग गरेर आफ्नो एआई एल्गोरिथ्मलाई एकीकृत गरेको उल्लेख छ।

अनरले यसलाई अरू कम्पनीसँग साझेदारी नगरी आफ्नै रोबोटहरू विकास गर्ने दिशामा कोसेढुङ्गाको रूपमा फ्रेम गरेको छ। अनरले यसमा मूर्त एआई र एआई एजेन्टहरूका साथ “इन्टेलिजेन्ट फर्म फ्याक्टर्स” अन्वेषण गर्न नयाँ “इण्डस्ट्रि इन्क्युबेशन डिपार्टमेण्ट” समावेश रहेको बताएको छ।

अनरले अहिलेसम्म आफ्नै हार्डवेयर अनावरण नगरे पनि, यसले सक्रिय रूपमा इन–हाउस रोबोटिक्स परियोजनाहरू विकास गरिरहेको दाबी गरेको छ। साथै कम्पनीले “मूर्त इन्टेलिजेन्स इकोसिस्टम” भनिने कुराका लागि साझेदारहरूसँग काम गरिरहेको पनि बताएको छ।

अनर ४०० सिरिज फोनहरूको लन्चले रोबोटको घोषणालाई केही हदसम्म छाँयामा पारेको बताइएको छ जुन स्पष्ट रूपमा बलियो व्यावसायिक सुरुवातमा रहेको उल्लेख गरिएको छ। कम्पनीले अघिल्लो पुस्ताको तुलनामा बेलायतमा १८३ प्रतिशत बिक्री वृद्धि भएको रिपोर्ट गरेको छ। साथै उक्त वृद्धिको लागि कम्पनीले गुगलद्वारा संचालित ईमेज–टु–भिडियो जेनेरेसन जस्ता एआई सुविधाहरूलाई श्रेय दिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया