Technology Khabar १९ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
एप्पलले आईफोनहरूको लागि ह्याप्टिक बटनहरू विकास गरिरहेको हल्ला धेरै पटक चलिसकेको छ। यसै क्रममा अब, एउटा नयाँ अफवाहले एप्पलले भविष्यका आईफोनहरूको लागि ह्याप्टिक बटन परियोजना पुनः सुरु गर्दै कम्पनीले कथित रूपमा आईप्याड र एप्पल वाचहरू पनि समावेश गर्न आफ्नो पहुँच विस्तार गरेको दाबी गरेको छ।
एप्पल अब राम्रो वा नराम्रो भए पनि पूर्ण रूपमा ह्याप्टिक बटनहरूका साथ जान लागेको जस्तो देखिएको बताइएको छ। स्पष्ट रूपमा, तिनीहरूका फाइदाहरू लायकको भएको भन्ने कम्पनीको सोच रहेको उल्लेख गरिएको छ।
यी सोलिड–स्टेट “बटन्स” प्राविधिक रूपमा वास्तविक बटनहरू भने होइनन्। तर यसले मेकानिकल वेयरलाई कम गर्दछ (शून्यमा, किनकि तिनीहरू सबै सर्दैनन्) भने हल्का प्रेस र फर्म प्रेस, वा सर्ट प्रेस र लङ्ग प्रेस, वा सबै प्रेसहरुका लागि फरक फङ्गसन्यालिटी (कार्यक्षमताहरू) सेट गर्न दिनेछ।
हालै आईफोन १६ प्रो र प्रो म्याक्सको लागि ह्याप्टिक बटनहरू समावेश गरिने अफवाह सुन्नमा आए पनि योजनाहरू कथित रूपमा स्थगित गरिएको थियो। अब भने यसको विकास फेरि सुरु हुन लागेको अफवाहले दाबी गरेको छ। एप्पलका प्रोडक्टहरूमा ह्याप्टिक बटनहरू कहिले सम्ममा आइपुग्नेछ भनेर अफवाहले नबताएको उल्लेख गरिएको छ।
एप्पलले ह्याप्टिक बटनहरूको ‘मिसटच’ समस्यालाई पूर्ण रूपमा समाधान नगरेको हुनाले एप्पलले अहिलेसम्म ह्याप्टिक बटनहरू भएका कुनै पनि डिभाइसहरू लन्च नगर्नुको कारण भएको अफवाहको स्रोतले बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार