Technology Khabar १९ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
जेमिनीले अब जीमेलमा इमेलहरूलाई स्वचालित र डिफल्ट (पूर्वनिर्धारित) रूपमा समराइज (सारांशित) गर्न सुरु गर्ने भएको छ। “धेरै रिप्लाइ (जवाफ) हरू भएका मेसेजेज वा लामो इमेल थ्रेडहरू” जस्ता “सन्देशहरूको लागि सारांश (समरि) उपयोगी हुने” इमेल कन्टेण्टको शीर्षमा सारांशहरू (समरिज) देखा पर्ने गुगलले बताएको छ।
जेमिनीले इमेल थ्रेडबाट सबै मुख्य बुँदाहरू संश्लेषण गर्नेछ र कुनै पनि पछिल्ला रिप्लाइ (जवाफ) हरूबाट जानकारी समावेश गर्न समरि (सारांश)लाई स्वचालित रूपमा अद्यावधिक गर्नेछ।
यस अघि, यो कार्यक्षमता प्राप्त गर्न मेसेजेको टप (शीर्ष/माथि) “समराइज दिस इमेल” (यो इमेल सारांशित गर्नुहोस्) ट्याप गर्नुपथ्र्यो भने यो अब डिफल्ट (पूर्वनिर्धारित) र आटोम्याटिक (स्वचालित) रूपमा सक्रिय हुनेछ।
यो सुविधा हाल अंग्रेजीमा इमेलहरूको लागि मात्र रोल आउट भइरहेको छ। सारांश (समरि) उपयोगी हुने जेमिनीद्वारा फ्ल्याग नगरिएका इमेलहरूको लागि, यो स्वचालित रूपमा उत्पन्न नहुने भए पनि शीर्षमा रहेको ‘समराइज दिस इमेल चिप’ ट्याप गरेर म्यानुअल रूपमा प्रम्प्ट गर्न सकिने उल्लेख गरिएको छ।
यो सुविधा सबैका लागि पूर्ण रूपमा रोलआउट हुन भने अझै १५ दिन लाग्ने अपेक्षा गरिएको छ। यो अहिलेको लागि गुगल वर्कस्पेसका सदस्यहरू, गुगल वन एआई प्रिमियमका सदस्यहरू र जेमिनी एजुकेशन वा जेमिनी एजुकेशन प्रिमियम भएका ग्राहकहरूका लागि मात्र उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार