Technology Khabar १९ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
एप्पलको आगामी आईफोन १७ मा ६.३ इन्चको ठूलो स्क्रिन समावेश गरिने एक रिपोर्टले खुलासा गरेको छ। हालको आईफोन १६ को स्क्रिन साइज भने ६.१ इन्च रहेको छ। यो अफवाह पहिले पनि फैलिएको थियो भने यसलाई अब यसलाई डीएससीसीका संस्थापक र हालका काउन्टरपोइन्ट रिसर्चका उपाध्यक्ष रस यङ्गले समर्थन गरेका छन्। यङ्गको डिस्प्ले–सम्बन्धित अफवाहहरूको साथ ठोस ट्र्याक रेकर्ड रहदै आएको छ।
यसले अब बेस मोडेल आईफोन र आईफोन १७ प्रोलाई डिस्प्ले साइजमा बराबर बनाउने भएको छ। यस अघि अन्तिम पटक आईफोन १५ र १५ प्रोमा यस्तै तवर अपनाइएको देखिएको थियो। साइज (आकार) बाहेक, आईफोन १७ प्रोमा प्रो–मोशन र उच्च पिक ब्राइटनेस सहित उत्कृष्ट स्क्रिन स्पेक्सहरू हुने सम्भावना रहेको छ।
एप्पलको आगामी १७ लाइनअपमा रहेका अन्य दुई आईफोनहरूमा भने फरक स्क्रिन साइज हुने अपेक्षा गरिएको छ। आईफोन १६ प्लसलाई प्रतिस्थापन गर्ने भनिएको र अफवाहमा रहेको आईफोन १७ स्लिम (वा एयर) मा ६.६ इन्चको डिस्प्ले (प्लसको ६.७ इन्च भन्दा सानो) हुने उल्लेख गरिएको छ। त्यसैगरी आईफोन १७ प्रो म्याक्सले ६.९ इन्चको स्क्रिनको साथ सबैभन्दा ठूलो आईफोनको रूपमा आफ्नो टाइटल कायम राख्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार