हक नेट कम्युनिकेशन कम्पनीको अनुमतिपत्र खारेज

Technology Khabar १८ जेष्ठ २०८२, आईतवार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक हक नेट प्रा. लि., वीरगञ्ज महानगरपालिका-४, पर्साको अनुमतिपत्र खारेज गरेको छ।

प्राधिकरणले हालै एक सूचना प्रकाशित गरी प्राधिकरणबाट हक नेट प्रा. लि., वीरगञ्ज महानगरपालिका-४, पर्सालाई मिति २०७२।०२।११ मा प्रदान गरिएको इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र (फि. ज. १-७८) नवीकरण नगरेका कारण खारेज गरिएको जानकारी दिएको हो।

‘नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०८२|०२|११ देखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’, सूचनामा उल्लेख छ।

प्राधिकरणले उक्त प्रा.लि. ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा पनि यो सूचना जारी भएको मितिले ३० दिनभित्र  कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ।

प्रकाशित: १८ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया