भिभोको नयाँ ट्याब्लेट प्याड५ अनावरण

Technology Khabar १८ जेष्ठ २०८२, आईतवार

काठमाडौं ।

भिभो एस३० सिरिजको साथमा कम्पनीले नयाँ ट्याब्लेट पनि प्रस्तुत गरेको छ। आईक्यूओओ प्याड५ सँग मिल्दोजुल्दो भिभो प्याड५ ट्याब्लेटको मेमोरी कन्फिगरेसन र मूल्यहरू पनि मिल्दोजुल्दो भएको बताइएको छ।
भिभो–ब्राण्डको प्याड५ र आईक्यूओओ–ब्रान्डेको प्याड५ बीचको एक मात्र भिन्नता भनेको रङ्ग विकल्प भएको उल्लेख गरिएको छ।

भिभो प्याड५ मा तीनवटा र्याम भेरियन्टहरू (८/१२/१६ जीबी) र तीनवटा स्टोरेज विकल्पहरू (१२८/२५६/५१२ जीबी) सँगसँगै डाइमेन्सिटी ९३००+ चिपसेट आउने बताइएको छ जुन चार मेमोरी संयोजनहरूमा विभाजित हुने उल्लेख गरिएको छ।

यो ट्याब्लेटमा १२.१ इन्चको एलसीडी डिस्प्ले रहेको छ जसको रिफ्रेस रेट १४४ हर्जसम्म र रिजोलुसन २,८०० ह १९६८ पिक्सेल छ।

सर्कुलर क्यामरा आइल्याण्डमा सिङ्गल ८ मेगापिक्सेल क्यामरा फिचर गरिएको उल्लेख छ। अगाडिको क्यामरामा भने ५ मेगापिक्सेलको सेन्सर समावेश गरिएको उल्लेख छ।

यस भिभो प्याड५ मा १०,००० एमएएच ब्याट्री समावेश गरिएको छ जसले ८ घण्टा भन्दा बढी भिडियो कलहरू प्रदान गर्न सक्ने दाबी गरिएको छ। यस ट्याब्लेटले ओरिजिनओएस ५ द्वारा प्रस्ताव गरिएका केही एआई क्षमताहरू सहित कभर किबोर्ड र स्टाइलसलाई समर्थन गर्दछ। त्यसैले यो ट्याब्लेट नोट–टेकिङको लागि पनि उत्कृष्ट हुने बताइएको छ।

भिभो प्याड५ नीलो, गुलाबी, वा कालो रङ्गमा उपलब्ध हुनेछन्। भिभो प्याड५ को ८/१२८ जीबीको मूल्य २,४९९ चिनियाँ युआन (३५० अमेरिकी डलर/३१० यूरो), ८२५६ जीबीको मूल्य २,७९९ चिनियाँ युआन (३९० अमेरिकी डलर/३५० यूरो), १२/२५६ को मूल्य ३,०९९ चिनियाँ युआन (४३० अमेरिकी डलर/३८० यूरो) कायम गरिएको छ। साथै १६/५१२ जीबीको लागि ३,४९९ चिनियाँ युआन (४८५ अमेरिकी डलर/४३० यूरो) मूल्य कायम गरिएको छ। यो ट्याब्लेट चीन बाहिर बिक्री गरिने सम्भावना नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १८ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया