Technology Khabar १८ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
वैज्ञानिकहरूले विगत ५० करोड वर्षदेखि पूर्वी अन्टार्कटिकामा बरफमुनि गाडिएको पर्वत शृङ्खला पछाडिको रहस्य समाधान गरेका छन्। रहस्यमय र प्राचीन गम्बुत्र्सेभ सब–ग्ल्यासियल माउण्टेन्स (पर्वतहरू) आल्प्स जस्तै आकार र स्केलमा छन् भने किलोमिटर भन्दा बढी बरफमुनि फसेको कारणले नदेखिने उल्लेख गरिएको छ।
सन् १९५८ मा सेस्मिक (भूकम्पीय) प्रविधिहरू प्रयोग गरेर सोभियत अभियानद्वारा पहिलो पटक पत्ता लगाइएको गम्बुत्र्सेभ माउण्टेन्स (पर्वतहरू) पूर्वी अन्टार्कटिक आइस सिट (बरफको) मुनि गाडिएका छन्। धेरैजसो पर्वत शृङ्खलाहरू अन्ततः इरोजन वा टेक्टोनिक घटनाहरूद्वारा जीर्ण हुँदै गर्दा, गम्बुत्र्सेभ माउण्टेन्स (पर्वतहरू) बरफको गहिरो तहद्वारा संरक्षित रअेका छन्, जसले गर्दा यो पृथ्वीको सबैभन्दा राम्रो संरक्षित पर्वत शृङ्खलाहरू मध्ये एक बनेको छ।
दुई टेक्टोनिक प्लेटहरूको कोलिजन (टक्कर) बाट पहाडहरू बन्छन् र समयसँगै परिवर्तन भइरहन्छन्। यसको सबैभन्दा ठूलो उदाहरण हिमालय हो जुन ५ करोड वर्ष पहिले भारतीय प्लेट र युरेशियन प्लेट ठोक्किएपछि बनेको हो। साथै यसको रेञ्ज आज पनि बढ्दै गइरहेको छ। तर अन्टार्कटिका भने यतिबेला स्थिर रहेको छ, जसले गर्दा वैज्ञानिकहरूले यसको पछाडिको रहस्य खोज्न प्रेरित भएका छन्।
अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, ५० करोड वर्ष अघि टेक्टोनिक प्लेटहरू ठोक्किएर गोन्डवाना सुपरकन्टिनेण्ट (महाद्वीप) बनेको र पर्वत शृङ्खला पहिलो पटक पहिले अस्तित्वमा आएको बताइएको छ।
“कोलिजन (ठक्कर)ले पहाडहरू मुनि गहिरो तातो, आंशिक रूपमा पग्लिएको चट्टानको प्रवाहलाई ट्रिगर गर्यो। जब पहाडहरूले आकार लिइरहे, क्रस्ट बाक्लो र तातो हुँदै गयो, अस्थिर हुँदै गयो र आफ्नै भारले ढल्यो। अन्य शक्तिहरूले पहाडहरूलाई पनि आंशिक रूपमा ध्वस्त पार्यो” भनि लेखकहरूले उल्लेख गरेका छन्।
आफ्नो परिकल्पनालाई थप निश्चित गर्न, अनुसन्धानकर्ताहरूले जिरकोनको मद्दत लिएका छन् र उक्त खनिजले भूगर्भीय स्टपवाच जस्तै काम गर्ने जनाइएको छ। यी साना क्रिस्टलहरू अरबौं वर्षसम्म बाँच्न सक्छन् र युरेनियम समावेश गर्दछ, जुन ज्ञात दरमा क्षय हुन्छ, जसले वैज्ञानिकहरूलाई तिनीहरूको उमेर सटीकताका साथ निर्धारण गर्न अनुमति दिन्छ भनि थप उल्लेख गरिएको छ।
यी ग्रेन्सहरूले लगभग ५८ करोड वर्ष पहिलेको शिखर पहाड–निर्माण र ५० करोड वर्ष पहिलेको संरचनात्मक पतनको सुरुवातको रेकर्ड गरेको उल्लेख गरिएको छ।
बरफ मार्फत ड्रिलिङको कठिन कार्यको कारण पहाडबाट चट्टानका नमूनाहरू सङ्कलन गर्न गाह्रो हुने बताइएको छ र वैज्ञानिकहरूले विकास गरेको मोडेलले भविष्यको अन्वेषणको बारेमा नयाँ भविष्यवाणीहरू प्रदान गर्नेछ भनि एनडीटिभीले रिपोर्ट गरेको छ।
प्रकाशित: १८ जेष्ठ २०८२, आईतवार