
काठमाडौं ।
स्वीडिश अनुसन्धानकर्ताहरूले एक अप्टिकल एम्पलीफायर विकास गरेका छन्। यसले अप्टिकल फाइबरहरू मार्फत डाटा प्रसारणमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने बताइएको छ र हालको जानकारीको १० गुणा बढी प्रसारण गर्ने दाबी गरिएको छ।
चाल्मर्स विश्वविद्यालयका इन्जिनियरहरूको प्रमुख नवीनता एम्पलीफायरको अत्यन्तै फराकिलो ब्यान्डविथमा निहित रहेको बताइएको छ र यसले प्रभावशाली रुपमा ३०० न्यानोमिटरको वेभलेन्थ रेञ्जमा काम गर्न सक्ने उल्लेख गरिएको छ जुन हालको मानक अप्टिकल एम्पलीफायरहरू भन्दा दस गुणा बढी भएको टेलिग्राफले रिपोर्ट गरेको छ।
यो एम्पलीफायर “सुपरलेजरहरू” र अप्टिकल नेटवर्कहरूको नयाँ पुस्ता सिर्जना गर्ने आधार बन्न सक्छ, जसले अकल्पनीय गतिमा डाटाको प्रसारण र प्रशोधनलाई सक्षम बनाउँछ भनि प्रतिष्ठित जर्नल नेचर मा उल्लेख गरिएको छ।
प्रविधि आफैँमा इन्टिग्रेटेड सिलिकन नाइट्राइड वेभगाइडहरूको एक नयाँ प्रकारमा आधारित रहेको बताइएको छ जसले फोर–वेभ–मिक्सिङ (चार–तरंग मिश्रण) लाई सक्षम बनाउँछ। फोर–वेभ–मिक्सिङमा प्रकाशको वेभलेन्थलाई एम्प्लीफाई र कन्भर्ट (रूपान्तरण) गर्न एक नन्लिनियर अप्टिकल इफेक्ट प्रयोग गरिने बताइएको छ।
इनोभेसन वेभगाइड डिजाइनले एक पटकमा एउटा मात्र लाइट (प्रकाश) मोडलाई निर्देशित गर्न अनुमति दिने र तथाकथित असामान्य डिसपर्सन (फैलावट) प्राप्त गर्ने उल्लेख गरिएको छ। यो लस (हानि) वा नोइज (आवाज) बिना अल्ट्रा–वाइडब्याण्ड सञ्चालनको लागि आवश्यक भएको र यसले महत्त्वपूर्ण प्रदर्शन सुधारहरू सक्षम गर्ने जनाइएको छ।
एम्पलीफायर अत्यन्तै कम्प्याक्ट र केवल केही सेन्टिमिटर लामो भए पनि यो अवस्थित समाधानहरू भन्दा प्रति सेकेन्ड दस गुणा बढी डाटा प्रोसेसिङ गर्न सक्षम भएको उल्लेख गरिएको छ।
यद्यपि यो हाल टेलिकम्युनिकेसन (दूरसञ्चार) स्पेक्ट्रम (१४००–१७०० एनएम) को लागि अप्टिमाइज गरिएको छ भने डिजाइनलाई अनुकूलन गरेर यो स्पेक्ट्रमको भिजिबल र इन्फ्रारेड भागहरूमा पनि सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ।
यसले औषधि (जस्तै निदान, टिस्यु भिजियोलाइजेसन र शल्यक्रिया प्रक्रियाहरूको लागि), विज्ञान, उद्योग र कृत्रिम बुद्धिमत्ता सहित विस्तृत दायराको अनुप्रयोगहरूको ढोका खोल्ने जनाइएको छ।
यो उपलब्धिले उच्च–गति डाटा प्रसारण र प्रोसेसिङमा निर्भर धेरै क्षेत्रहरूमा महत्त्वपूर्ण प्रगतिको प्रतिज्ञा गर्दछ भने व्यावहारिक रूपमा यो कहिले लागू हुनेछ भनेर हेर्न भने पर्खनु पर्नेछ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १६ जेष्ठ २०८२, शुक्रबार