५० भन्दा बढी क्रोम एक्सटेन्सनहरूले गोप्य रूपमा जासुसी गरिरहेको खुलासा

  • Technology Khabar | १६ जेष्ठ २०८२, शुक्रबार
५० भन्दा बढी क्रोम एक्सटेन्सनहरूले गोप्य रूपमा जासुसी गरिरहेको खुलासा
फाइल तस्बि्र

काठमाडौं ।

डोमेन टूल्सका सुरक्षा अनुसन्धानकर्ताहरूले सयौं क्रोम एक्सटेन्सनहरूले डाटा चोरी गर्ने र गोप्य रूपमा मालिसियस प्रोग्राम (दुर्भावनापूर्ण कार्यक्रमहरू) चलाउने गरेको चेतावनी दिएका छन्।

धेरैजसो मालिसियस एड–अन्सहरूले फोर्टिनेट, युट्युब, डिपसिक एआई, र क्यालेन्डली जस्ता प्रसिद्ध ब्राण्डहरूको लोकप्रियताको फाइदा उठाउने र जसले गर्दा प्रयोगकर्ताहरूले तिनीहरूलाई स्थापना गर्ने भएकाले समस्यामा पर्ने जोखिम बढ्ने जनाइएको छ।

गुगलले भने क्रोम वेब स्टोरबाट धेरैजसो एक्सटेन्सनहरू हटाएको छ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

गत महिना सेक्योर एनेक्सका साइबरसुरक्षा अनुसन्धानकर्ताले विज्ञापनहरू र भ्रामक पृष्ठहरू मार्फत फैलिरहेका धेरै दुर्भावनापूर्ण क्रोम एक्सटेन्सनहरू फेला पारेको उल्लेख गरिएको छ।

सुरक्षित रहनको लागि, आफ्नो ब्राउजरको लागि कुनै पनि एड–अन डाउनलोड गर्नु अघि सधैं सबै उपलब्ध रेटिङ्गहरू जाँच गर्नुका साथै आधिकारिक संस्करण डाउनलोड गर्नु अघि सधैं ङ्गबल–चेक (दोहोरो जाँच) गर्नु पर्ने उल्लेख गरिएको छ।

सबैभन्दा धेरै डाउनलोड गरिएका आठवटा मालिसियस एक्सटेन्सनहरू हेर्नुहोस्ः

  • कुपोनोमिया – कुपन र क्यासब्याक (७००,००० डाउनलोडहरू)
  • फायर शिल्ड एक्सटेन्सन प्रोटेक्सन (३००,००० डाउनलोडहरू)
  • टोटल सेफ्टि फर क्रोम (३००,००० डाउनलोडहरू)
  • प्रोटेक्टो फर क्रोम (२००,००० डाउनलोडहरू)
  • ब्राउजर वाचडग फर क्रोम (२००,००० डाउनलोडहरू)
  • सेक्युरिटी फर क्रोम (२००,००० डाउनलोडहरू)
  • ब्राउजर चेकअप फर क्रोम बाइ डक्टर (२००,००० डाउनलोडहरू)
  • चुज योर क्रोम टुल्स (२००,००० डाउनलोडहरू)

प्रकाशित: १६ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • १६ जेष्ठ २०८२, शुक्रबार