आगामी हप्ताहरूमा तीनओटा ‘सिटी–किलर’ क्षुद्रग्रहले पृथ्वीलाई प्रहार गर्न सक्ने चेतावनी

  • Technology Khabar | १६ जेष्ठ २०८२, शुक्रबार
आगामी हप्ताहरूमा तीनओटा ‘सिटी–किलर’ क्षुद्रग्रहले पृथ्वीलाई प्रहार गर्न सक्ने चेतावनी
(सांकेतिक तस्बिर)

काठमाडौं ।

एक नयाँ अध्ययनले सम्पूर्ण शहरलाई नष्ट गर्न पर्याप्त शक्तिशाली भएको कम्तिमा तीन ठूला क्षुद्रग्रहहरू आगामी हप्ताहरूमा पृथ्वीसँग टक्करको मार्गमा हुन सक्छन् भन्ने चेतावनी दिएको छ।

एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स जर्नलमा प्रकाशित, अध्ययनले २०२० एसबी, ५२४५२२ र २००२ सीएल१ नामक तीन अन्तरिक्ष चट्टानहरूबाट उत्पन्न खतरालाई प्रकाश पार्दछ जुन हाल शुक्र ग्रहसँग कक्ष साझा गरिरहेको छ। ब्राजिलको साओ पाउलो स्टेट युनिभर्सिटीका भलेरियो कारुबाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीका अनुसार, यी क्षुद्रग्रहहरू सूर्यको चमकमा लुकेका छन्, जसले गर्दा पृथ्वीमा टेलिस्कोपले पत्ता लगाउन लगभग असम्भव भएको उल्लेख गरिएको छ।

यद्यपि तिनीहरूको हालको मार्गले तिनीहरूलाई शुक्र ग्रहको नजिक नल्याउँने बताइएको भए तापनि, अनुसन्धानकर्ताहरूले सानो गुरुत्वाकर्षण गडबडीले पनि तिनीहरूको कक्षलाई पृथ्वीतिर सार्न सक्छ, र सम्भावित रूपमा विनाशकारी परिणामहरू निम्त्याउन सक्छ भनि चेतावनी दिएका छन्। उक्त तीन ठूला क्षुद्रग्रहहरू मध्ये यदि कुनै एकले प्रहार गर्यो भने, त्यसको प्रभावले ३ किलोमिटर भन्दा चौडा क्रेटर सिर्जना गर्न सक्छ र हिरोशिमामा खसालिएको आणविक बम भन्दा दस लाख गुणा बढी ऊर्जा निस्कन सक्छ भनि फक्स न्यूजले रिपोर्ट गरेको छ।

“यी को–अर्बिटल एस्टोरोइड (सह–कक्षीय क्षुद्रग्रह) हरू शुक्र ग्रहसँग नजिकको इनकाउण्टर (ठक्कर/भेट) बाट सुरक्षित छन्, तर पृथ्वीसँग होइन” अनुसन्धानकर्ताहरूले बताएको द डेली ग्यालेक्सीले उद्धृत गरेको छ। यी वस्तुहरू विशेष गरी खतरनाक छन् किनभने सूर्यको सापेक्षमा तिनीहरूको स्थितिले कोस्मिक ब्लाइण्ड स्पट जस्तै काम गर्दछ र जसले गर्दा अन्तिम मिनेट पत्ता लगाउन अत्यन्तै गाह्रो हुन्छ भनि थप उल्लेख गरिएको छ।

चिलीमा रहेको रुबिन अजर्भेटरीले यस्ता खतराहरूको निगरानी गर्दछ र कुनै पनि सम्भावित प्रभाव हुनुभन्दा अघि दुई देखि चार हप्ताको मात्र सूचना/चेतावनी दिने जनाइएको छ। त्यसैगरी अध्ययनले शुक्र नजिकै समर्पित अन्तरिक्ष–आधारित मिसनले मात्र यी लुकेका, सम्भावित खतरनाक क्षुद्रग्रहहरू प्रभावकारी रूपमा पत्ता लगाउन सक्छ भनि सुझाव दिएको एनडीटिभीले रिपोर्ट गरेको छ।

प्रकाशित: १६ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार