काठमाडौं ।
जापानले प्रोजेक्ट ओहिसामा (Project OHISAMA) नामक महत्वाकांक्षी नयाँ अभियानको साथ ताराहरूसम्म पुग्ने लक्ष्य राखेको छ। जापान स्पेस सिस्टम्स (JSPACE) को नेतृत्वमा रहेको यस परियोजनाले अन्तरिक्षबाट पृथ्वीमा वायरलेस (ताररहित) रूपमा सौर्य ऊर्जा प्रसारण गर्ने लक्ष्य राखेको छ। त्यसैगरी स्वच्छ ऊर्जाको सम्भावना अनन्त रहेको उल्लेख गरिएको छ।
प्रोजेक्ट ओहिसामाः अन्तरिक्षबाट सौर्य ऊर्जा सङ्कलन गर्ने जापानको साहसिक योजना
यदि सफल भयो भने, प्रोजेक्ट ओहिसामाले रातको समयमा पनि सौर्य ऊर्जा सक्षम पारेर, जीवाश्म इन्धनमा निर्भरता घटाएर, र दिगो अन्तरिक्ष प्रविधिमा एक प्रमुख कोसेढुङ्गा बन्दै नवीकरणीय ऊर्जा कसरी प्रयोग गर्छौं भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने उल्लेख गरिएको छ। त्यसैगरीस्वच्छ ऊर्जाको भविष्य हामीभन्दा माथि परिक्रमा गरिरहेको हुन सक्छ भनि थप उल्लेख गरिएको छ। यस परियोजनामा सन् २०२३ देखि काम जारी रहेको तर यसले हालै मात्र लक्ष्य प्राप्त गर्न ठूलो प्रगति गरेको बताइएको छ।
जापानी सरकारले यस अनुसन्धानलाई वित्त पोषित गरेको उल्लेख छ। यसले स्याटेलाइटमार्फत अन्तरिक्षमा सानो सोलार इन्६स्टलेसन (सौर्य स्थापना) लन्च गर्ने लक्ष्य राखेको छ जसले त्यसपछि वायरलेस (ताररहित) रूपमा पृथ्वीमा ऊर्जा प्रसारण गर्नेछ। अन्तरिक्षबाट सौर्य ऊर्जाको प्रसारण गर्ने विचार साइन्स–सफिक्सन कथाको कुरा जस्तो लाग्न सक्छ। यद्यपि, यसले मौसम र क्षेत्रको सामान्य हावापानी जस्ता परम्परागत सौर्य संकलनले सामना गर्ने धेरै अवरोधहरू पार गर्नेछ।
हाल, भविष्यको लागि भनेर लगभग १८० किलोग्राम तौल भएको स्याटेलाइटको साथ परीक्षण रन गर्ने योजना रहेको उल्लेख गरिएको छ। यसले ४०० किलोमिटरको उचाइबाट पृथ्वीको परिक्रमा गर्नेछ र जसको सौर्य प्यानलहरू लगभग २ वर्ग मिटर मापन गर्नेछन्। त्यसपछि संकलन गरिएको ऊर्जालाई गिगाहर्ज रेञ्जको इलेक्ट्रोम्यागनेटिक वेभ (विद्युतिय चुम्बकीय तरंग) को रूपमा प्रसारित गरिनेछ जुन जापानको सुवामा रहेको ग्राउन्ड स्टेशनले लिनेछ। हानिको जोखिम भन्दा एक्युरेसी ठूलो जोखिमको मुद्दा साबित भइरहेको बताइएको छ। बिम डाउन गरिने ऊर्जालाई २८,००० किलोमिटर÷घण्टाको गतिमा ४० किलोमिटर वाइड रिसीभर फिल्डमा हिट (हिर्काउनु) पर्ने उल्लेख गरिएको छ। यसले सामान्य सूर्यको प्रकाशको रेडियसन डेनसिटी (घनत्व) मात्र भए पनि धेरै घरपरिवारलाई बिजुली दिन सक्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १६ जेष्ठ २०८२, शुक्रबार