दश महिनामा ७ करोडमाथिका साढे ३ लाख थान सेल्फी स्टिक, मोनोपड तथा ट्राइपड आयात

Technology Khabar १६ जेष्ठ २०८२, शुक्रबार

दश महिनामा ७ करोडमाथिका साढे ३ लाख थान सेल्फी स्टिक, मोनोपड तथा ट्राइपड आयात
च्याटजीपीटीमार्फत् तयार पारिएको

काठमाडौं ।

नेपालमा स्मार्टफोन तथा अन्य स्मार्ट डिभाइस तथा तिनीहरुका लागि आपश्यक एसेसरिजहरु प्रयोग गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको छ।

साउन २०८१ देखि  वैशाख मसान्त २०८२ सम्मको १० महिनाको अवधिमा करिब ७ करोड १२ लाख ५७ हजार रुपैयाँ बराबरको सेल्फी स्टिक, मोनोपड, बाइपड तथा ट्राइपजस्ता एसेसरिज आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को २०८२ वैशाख महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार यो १० महिनामा ७ करोड १२ लाख ५७ हजार रुपैयाँ बराबरको सेल्फी स्टिक, मोनोपड, बाइपड तथा ट्राइपजस्ता एसेसरिज आयात भएको हो।

वैशाख महिनासम्म उक्त रकम बराबरको ३ लाख ४७ हजार ३४५ थान सेल्फी स्टिक, मोनोपड, बाइपड तथा ट्राइपजस्ता एसेसरिज आयात भएको विवरणमा उल्लेख छ।

सरकारले उक्त परिमाणको सेल्फी स्टिक, मोनोपड, बाइपड तथा ट्राइपजस्ता एसेसरिज आयातबाट यो अवधिमा २ करोड २४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमामा चीन, भारत,जापान, उज्बेकिस्तान, मलेशिया लगायतका जम्मा १५ मुलुकबाट सेल्फी स्टिक, मोनोपड, बाइपड तथा ट्राइपजस्ता एसेसरिज आयात भएको भएको छ।

यीमध्ये सबैभन्दा बढी चीनबाट तथा सबैभन्दा कम जापान, उज्बेकिस्तान र कतारबाट सबभन्दा कम अर्थात् जनही १ थान सेल्फी स्टिक, मोनोपड, बाइपड तथा ट्राइपजस्ता एसेसरिज आयात भएको विवरणले देखाएको छ।

यस्तो छ विवरण:

सेल्फी स्टिक

क्र सदेशविवरणरकम हजारमा
चीन४६६७०१२३७९
भारत२७४०१७०
अस्ट्रेलिया१२
जापान
मलेसिया
थाइल्याण्ड
बेलायत
उज्बेकिस्तान

 

मोनोपड, बाईपड, ट्राइपड

 

क्र सदेशविवरणरकम हजारमा
चीन२९३२२१५६४३२
भारत४६०४१११६
क्यानडा१३३
जापान११
मलेसिया३२७०४
हङकङ७५
अमेरिका१२५९
उज्बेकिस्तान१६
इजरायल
१०ईटली१२४
११मेक्सिको२०३३
१२कतार१६

 

सेल्फी स्टिक:

यो एउटा लम्ब्याउन सकिने हातको डण्डी हो, जसको एक छेउमा स्मार्टफोन राख्ने क्लिप हुन्छ।

काम:

  • सेल्फी फोटो तथा भिडियो सजिलै लिन मद्दत गर्छ।
  • फरक कोण र दुरीबाट तस्बिर खिच्न सहयोगी हुन्छ।
  • भीडमा पनि टाउकोमाथिबाट भिडियो खिच्न सकिन्छ।

मोनोपड:

यो एउटा मात्र खम्बा वा पोल भएको क्यामरा स्ट्यान्ड हो, जसले क्यामरा वा स्मार्टफोनलाई टेवा दिन्छ।

काम:

  • भिडियो खिच्दा वा फोटो खिच्दा क्यामेरा स्थिर राख्न मद्दत गर्छ।
  • यात्रा वा फोटोग्राफीका लागि हलुका र सजिलो उपकरण हो।
  • खेलकुद वा प्रकृति फोटोग्राफीमा एक हाते सहयोगी।

बाइपड:

यो दुई टेवा पाइने स्ट्यान्ड हो, जुन विशेष गरी हतियार वा गह्रुङ्गा उपकरणहरूमा प्रयोग गरिन्छ।

काम:

  • अन्य उपकरणलाई स्थिर राख्न प्रयोग गरिन्छ।
  • केही क्यामेरा सेटअपमा पनि प्रयोग गर्न सकिन्छ।
  • स्थिरता दिने तर हलचल सजिलो बनाउने उपकरण।

ट्राइपड:

यो तीन खुट्टा भएको स्ट्यान्ड हो, जसमा क्यामेरा, मोबाइल वा भिडियो उपकरण राखिन्छ।

काम:

  • क्यामरा पूर्ण रूपमा स्थिर राख्न प्रयोग गरिन्छ।
  • लामो एक्सपोजर फोटोग्राफी, टाइम-ल्याप्स भिडियो, वा स्थिर फ्रेम चाहिने अवस्थामा उपयोगी।
  • समाचार, वृत्तचित्र, वा युट्युब भिडियो बनाउन अनिवार्य उपकरण।

प्रकाशित: १६ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया