एकीकृत डाटा व्यवस्थापन केन्द्रको स्तरोन्नति गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार

काठमाडौं ।

सरकारले एकीकृत डाटा व्यवस्थापन केन्द्रको स्तरोन्नति गर्ने भएको छ।

संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकीकृत डाटा व्यवस्थापन केन्द्रको स्तरोन्नति गरिने बताएका हुन्।

यसबाहेक मन्त्री पौडेलले हेटौंडमा रहेको डिजास्टर रिकभरी सेन्टरको क्षमता विस्तार तथा कोहलपुरमा निर्माणाधीन डाटा सेन्टर सञ्चालनमा ल्याइने पनि जानकारी दिए।

‘तथ्याङ्कको भरपर्दो सुरक्षाका लागि क्लाउड पूर्वाधारको स्तरोन्नति गरिनेछ’, उनले थपे।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार