Technology Khabar १४ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
नेपालमा राउटरको आयात उल्लेख्य मात्रामा बढ्ने प्रवृत्तिले २०८२ वैशाख महिनामा पनि निरन्तरता पाएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को २०८२ वैशाख महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १ अर्ब ५१ करोड ५४ लाख २५ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।
उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ५ लाख ८४ हजार २७५ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।
चैत महिनासम्म नेपालमा १ अर्ब ३१ करोड ५६ लाख ३१ हजार रुपैयाँ बराबरको ५ लाख १६ हजार ७२७ थान राउटर आयात भएकोमा एक महिनाको अवधिमा १९ करोड ९८ लाख १५ हजार रुपैयाँ बराबरको ६७ हजार ५४७ ले बढेर समग्रमा राउटर आयातको सङ्ख्या ५ लाख ८४ हजार २७५ थान पुगेको छ।
सरकारले उक्त परिमाणको राउटर आयातबाट यो अवधिमा २८ करोड २१ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १५ मुलुकबाट राउटर आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट १ अर्ब ३९ करोड ४१ लाख ३४ हजार रुपैयाँ बराबरको ५ लाख ४६ हजार ७४ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट ११ करोड १८ लाख ५५ हजार बराबरको ३६४२८ थान, भारतबाट १४ लाख ३४ हजार बराबरको १ हजार ४३४ थान, ताइवानबाट ६६ लाख ८७ हजार बराबरको १७ हजार ३४७ थान र इटलीबाट २ लाख ४२ हजार बराबरको ५० थान राउटर आयात भएको छ।
यस्तो छ विवरण
| क्र.सं. | देश | विवरण | रकम हजारमा |
| १ | चीन | ५४६०७४ | १३९४१३४ |
| २ | भियतनाम | ३६४२८ | १११८४५ |
| ३ | ताइवान | ९०८ | ६६८७ |
| ४ | भारत | ८०१ | १४३४ |
| ५ | ईटली | ५० | २४२ |
यसैगरी चेक रिपब्लिक, फ्रान्स, पोर्चुगल तथा अमेरिकाबाट समान २-२ थान तथा अस्ट्रेलिया, क्यानडा, हङकङ, मेक्सिको, कतार र सिंगापुरबाट समान १-१ राउटर आयात भएका छन।
प्रकाशित: १४ जेष्ठ २०८२, बुधबार