नेटफ्लिक्सले पुराना फायर टीभी डिभाइसहरूमा काम गर्न छोड्ने, जुन २०२५ जुनबाट लागू हुँदै

Technology Khabar १४ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

नेटफ्लिक्स पुराना पुस्ताका फायर टीभी स्टिक तथा अन्य सम्बन्धित उपकरणहरूमा सन् २०२५ को जुन महिनाबाट सेवा बन्द गर्ने भएको छ। अमेरिकी प्रयोगकर्ताहरूलाई यसबारे इमेलमार्फत सूचित गरिएको छ र नेटफ्लिक्स हेर्न पाउने सुविधा कायम राख्नका लागि उनीहरूलाई नयाँ फायर टीभी डिभाइसहरू खरिद वा अपग्रेड गर्न सुझाव दिइएको छ।

यो निर्णय मुख्यतया पहिलो पुस्ताका फायर टीभी उपकरण प्रयोगकर्ताहरूमा लागू हुने जनाइएको छ। द भर्जलाई दिएको वक्तव्यमा कम्पनीले यस कुराको पुष्टि गरेको छ।

सबैभन्दा पुरानो फायर टीभी स्टिक, फायर टीभी, र फायर टीभी स्टिक विथ भ्वाइस रिमोटमा नेटफ्लिक्सले काम नगर्ने योजन ल्याउनुको कारण प्लेटफर्मले अब नयाँ पुस्ताका फायर टीभी डिभाइसहरूमा मात्र ध्यान दिन लागेकाले हो जसले नयाँ फिचर तथा सुरक्षा अपडेटहरू पाउनेछन्।

साथै अमेजनले यी पुराना फायर टीभी संस्करणहरूका लागि अब भरपर्दो सफ्टवेयर अपडेटहरू दिन छोड्ने सम्भावना छ र यसले सुरक्षा जोखिम बढाउने बताइएको छ। यो विकास हाल अमेरिका सीमित छ, तर अन्य देशका प्रयोगकर्तालाई पनि चाँडै सूचित गरिने अपेक्षा गरिएको छ।

अमेजनले यो परिवर्तनको जानकारी पाएको छ र त्यसैले योग्य प्रयोगकर्ताहरूलाई नयाँ फायर टीभी डिभाइसमा छुट प्रदान गर्दैछ। पुराना उपकरणहरूमा सेवा बन्द गर्नु नेटफ्लिक्सका लागि अनौठो होइन, तर प्रयोगकर्ताहरूले यस्ता निर्णयहरूबारे स्पष्ट जानकारीसहित सूचित गरियोस् भन्ने अपेक्षा राखेका न्युज१८ ले उल्लेख गरेको छ।

यसैबीच अमेजनसँग सम्बन्धित अर्को खबर भारतका प्राइम भिडियो प्रयोगकर्ताका लागि केही नराम्रो छ। सन् २०२५ को जुन महिनादेखि भारतमा प्राइभ भिडियो मा चलचित्र, शो आदिको बीचमा विज्ञापन देख्न थालिनेछ।

अमेजनले यस परिवर्तनबारे यसै महिनाको सुरुमा आफ्ना ग्राहकलाई सूचित गरिसकेको छ। विज्ञापनसहितको मोडेल अमेजनले भारतमा गत वर्ष परीक्षण गर्न थालेको थियो, र अब यो २०२५ जुन १७ बाट लागू हुनेछ।
यदि प्रयोगकर्ताले विज्ञापनरहित अनुभव चाहन्छन् भने, त्यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्नेछ, जुन हालको प्राइम सदस्यताभन्दा बाहिर हुनेछ।

प्रकाशित: १४ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया