पानीमुनि हराएको सभ्यता! १ लाख ४० हजार वर्ष पुरानो होमो इरेक्टस खोपडीमा यसको उत्तर हुन सक्ला?

Technology Khabar १४ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

वैज्ञानिकहरूले प्राचीन मानव पुर्खा होमो इरेक्टसको खोपडी पत्ता लगाएपछि समुद्रको तल लुकेको सभ्यता फेला पारेको हुन सक्ने अनुमान गरिएको को छ।

इन्डोनेसियाको जाभा र मदुरा टापुहरू बीचको मदुरा स्ट्रेटमा माटो र बालुवाको तह मुनि यो खोपडी संरक्षित भएर रहेको अवस्थामा फेला पारिएको थियो, जुन अनुसन्धानकर्ताहरूले यो १४०,००० वर्ष पहिले गाडिएको दावी गरेका छन्।

मदुरा स्ट्रेटमा ठूलो निर्माण परियोजनाको क्रममा सन् २०११ मा होमो इरेक्टसको जीवाश्म पत्ता लागेको थियो। यद्यपि, वैज्ञानिकहरूले क्वाटरनरी इन्भाइरोमेन्ट्स एण्ड ह्युमन जर्नलमा यसै महिना मात्रै निष्कर्षहरू प्रकाशित गरेको बताइएको छ।

“यो अवधिमा यस क्षेत्रका होमिनिन जनसंख्याको ठूलो मर्फोलजिकल डाइभर्सिटी (रूपात्मक विविधता) र मोबिलिटी (गतिशीलता) लाई विशेषताको रुपमा चित्रण गरिएको छ” अध्ययनका प्रमुख लेखक हेरोल्ड बर्घुइसले भने।

सन्डल्याण्ड भनेर चिनिने यो साइट हराएको भूभागको पहिलो भौतिक प्रमाण हुन सक्ने बताइएको छ भने एक समय यसले दक्षिणपूर्वी एशियालाई विशाल ट्रपिकल प्लेन (मैदान) मा जोड्ने गरेको उल्लेख गरिएको छ। होमो इरेक्टसको खोपडी बाहेक, अनुसन्धानकर्ताहरूले कोमोडो ड्र्यागन, भैंसी, मृग र हात्ती सहित ३६ प्रजातिका ६,००० जनावरका जीवाश्महरू पनि फेला पारेको उल्लेख गरिएको छ।

यी मध्ये केही जनावरहरूमा जानाजानी काटिएका चिन्हहरू भएको र तिनीहरुले प्रारम्भिक मानिसहरूले अहिले पानीमुनि रहेको भूमिमा शिकार रणनीतिहरू अभ्यास गरेका हुन सक्छन् भन्ने सुझाव दिएको उल्लेख गरिएको छ।

मदुरा स्ट्रेट होमिनिन्सले यो शिकार रणनीति स्वतन्त्र रूपमा विकास गरेको हुन सक्छ। तर अर्को सम्भावना यो हो कि हामी एक प्रकारको सांस्कृतिक आदानप्रदान हेरिरहेका छौं” बर्घुइसले लाइभसाइन्सलाई भने।

होमो इरेक्टस को थिए?
मानव परिवारको वंशावली जटिल छ, तर वैज्ञानिकहरूको विचारमा होमो इरेक्टस आधुनिक मानवहरूसँग मिल्दोजुल्दो हुने पहिलो प्रारम्भिक मानव थिए। तिनीहरू अग्ला थिए, मांसपेशीयुक्त शरीर थिए, लामो खुट्टा र छोटो हातहरू थिए।

अध्ययन र यसको निष्कर्षले अहिले डुबेको सडल्याण्ड परिदृश्यमा होम इरेक्टसको उपस्थितिको पहिलो प्रत्यक्ष प्रमाण प्रदान गर्दछ भने जसले मानवको प्रारम्भिक पुर्खाहरूको भौगोलिक सीमाको बारेमा पहिलेको विश्वासलाई चुनौती दिएको छ।

उल्लेखनीय कुरा के छ भने, १४,००० र ७,००० वर्ष पहिले हिमनदीहरू पग्लिएर समुद्रको सतह १२० मिटरभन्दा बढी बढेको थियो, जसले सडल्याण्डको तल्लो मैदानहरू डुबेको थियो।

प्रकाशित: १४ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया