गाडी दुर्घटना हुँदा नेपाल टेलिकमको बाजुरा कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु

  • Technology Khabar | १३ जेष्ठ २०८२, मंगलवार
गाडी दुर्घटना हुँदा नेपाल टेलिकमको बाजुरा कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु
सांकेतिक तस्बिर। एआईको सहयोगमा बिङ्गमार्फत तयार पारिएको।

काठमाडौं ।

जिल्लाको जगन्नाथ गाउँपालिकामा आज जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएसको छ।

दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ।

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो। रासस

प्रकाशित: १३ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार