Technology Khabar १३ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
गुगलको टेन्सर एसओसीहरू अहिलेसम्म सामसङको फाउन्ड्रीले निर्माण गर्दै आएको छ। तर तिनीहरूलाई कहिल्यै पनि शीर्ष स्तरको पर्फमर्स वा सबैभन्दा इफिसियण्ट फ्ल्यागशिप चिपसेटको रूपमा हेरिने नगरिएको बताइएको छ।
आगामी टेन्सर जी५ चिप सम्भवतः टीएसएमसीको सुविधाबाट बाहिर आउनेछ भनि डिजिटाइम्स नजिकका स्रोतहरूले खुलासा गरेका छन्। त्यसैगरी यो सन् २०२४ मा हामीले सुनेको हल्लाको अर्को पुष्टि भएको उल्लेख गरिएको छ।
पिक्सेल १० सिरिजको लन्च यस वर्षको फल (उत्तरार्ध)को लागि तय गरिएको छ भने गुगलले टीएसएमसीसँग सम्झौता गरेको पछिल्लो रिपोर्टहरूले जनाएको छ। त्यसैले अब ताइवानी चिप निर्माताले टेन्सर सिलिकनको अर्को केही पुस्ताहरू निर्माण गर्ने भएको छ।
त्यसैगरी रिपोर्टले सम्झौता तीन देखि पाँच वर्षको बीचमा रहेको दाबी गरेको छ जसको अर्थ टीएसएमसीले सम्भवतः पिक्सेल १४ सिरिजको टेन्सर पनि उत्पादन गर्नेछ।
टीएसएमसी सामसङ भन्दा बढी भरपर्दो चिप निर्माता साबित भएको हुनाले यो सामान्यतया पिक्सेलको लागि राम्रो खबर हुन सक्छ भनि उल्लेख गरिएको छ।
चिप डिजाइन उस्तै रहे पनि टीएसएमसी–निर्मित एसओसीहरू तिनीहरूका समकक्ष सामसङहरूको भन्दा बढी शक्तिशाली र इफिसियण्ट हुने गरेको बताइएको छ। उदाहरणका लागि स्न्यापड्रागन ८ जेन १ प्लस सामसङ–निर्मित एसडी ८ जेन १ भन्दा बढी शक्तिशाली र इफिसियण्ट भएको उल्लेख गरिएको छ।
सामसङको चिप निर्माण व्यवसाय वरिपरिको समाचार चक्र पछ्याउनेहरुका लागि यो कुरा अचम्म नलाग्ने उल्लेख गरिएको छ। सामसङले एक्सिनोस २५०० चिपमा यिल्डको समस्याहरू भोगेको हुनाले कम्पनीले आफ्नो सम्पूर्ण ग्यालेक्सी एस२५ लाइनअपको लागि क्वालकम चिप्स प्रयोग गर्नु परेको थियो। फलस्वरूप, यस वर्षको ग्यालेक्सी फोल्डेबलहरू एक्सिनोस २५०० अपनाउने पहिलो डिभाइस हुने भएका छन्।
समस्याहरू निकै गहिरो भएको हुनाले सामसङले आन्तरिक पुनर्संरचनाको योजना बनाइरहेको र सामसङ एमएक्स (मोबाइल एक्सपिरियन्स) डिभिजनले अब सामसङ एलएसआई बाट चिप निर्माण व्यवसाय टेक ओभर गर्न तयारी गरिहेको उल्लेख गरिएको छ।
यस बाहेक गुगलको टेन्सर चिपहरू अझ प्रतिस्पर्धी बन्दै प्रयोगकर्ताहरूलाई पर्याप्त रुपमा राम्रो पर्फमेन्स र इफिसियन्सी बुस्ट प्रदान गर्ने आशा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १३ जेष्ठ २०८२, मंगलवार