शाओमी वाईयू७ एसयूभी लाभा ओरेञ्जको तस्बिर देखा पर्यो, जुलाईमा लन्च हुने

Technology Khabar १३ जेष्ठ २०८२, मंगलवार

शाओमी वाईयू७ एसयूभी लाभा ओरेञ्जको तस्बिर देखा पर्यो, जुलाईमा लन्च हुने
शाओमी वाईयू७ लाभा ओरेञ्जको रियल लाइफ इमेज (तस्बिरः आईटीहोम मार्फत)

काठमाडौं ।

शाओमीको हालै अनावरण गरिएको इलेक्ट्रिक एसयूभी ‘शाओमी वाईयू७’ पहिलो पटक लाभा ओरेञ्ज रङ्गमा देखा परेको छ। हाल देखा परेको उक्त लाभा ओरेन्ज रङ्गको साथ इमराल्ड ग्रिन र टाइटेनियम गरी तीन रङ्ग विकल्पहरूमा इलेक्ट्रिक एसयूभी उपलब्ध हुने उल्लेख गरिएको छ।

वाईयू७ जुलाईमा लन्च गरिने बताइएको छ भने वाईयू७, वाईयू७ प्रो र वाईयू७ म्याक्स गरी तीन संस्करणहरूमा उपलब्ध हुनेछन्।

अगाडिको भागमा, वाईयू७ मा चाँदीको शाओमी लोगो सहितको क्लोज्ड ग्रिल डिजाइन रहेको छ। यसमा दुवै छेउमा त्रिकोणीय भेन्टहरू र बडि कलरसँग मेल खाने सेन्टर ट्रिम पिस समावेश गरिएको छ। हेडलाइट सेटअप हलो एयर डक्ट भित्र राखिएको र १८०–डिग्री वाइड–एंगल लाइटिङ्गलाई समर्थन गर्दछ।

एसयूभीले फास्टब्याक डिजाइन प्रयोग गरेको उल्लेख छ। पछाडिको भागमा क्लियर कभरको साथ पूर्ण–चौडाइ सी–आकारको टेललाइट रहेको छ। कारको लम्बाइ ४९९९ मिमी, चौडाइ १९९६ मिमी, उचाइ १६०० मिमी र ३००० मिमी ह्वीलबेस रहेको छ। लाभा ओरेञ्ज मोडेलमा सेतो डिकाल्स र रङ्ग–मिल्ने सेमि–इनक्लोज्ड पाङ्ग्राहरू पनि समावेश छन्।

सबै मोडेलहरू एनभिडिया थोर प्लेटफर्मद्वारा ७०० टप्स (TOPS) कम्प्युटिङ पावरको साथ सञ्चालित हुनेछन्। मानक सेटअपमा १ लिडर, १ ४डी राडार, ११ हाई–डेफिनेसन क्यामरा र १२ अल्ट्रासोनिक सेन्सरहरू समावेश गरिएका छन् जसले शाओमीको सहायक ड्राइभिङ प्रणालीलाई समर्थन गर्दछ।

इलेक्ट्रिक एसयूभीको भित्र, वाईयू७ ले ठूलो फ्लोटिङ्ग सेन्ट्रल स्क्रिनको साथ र्यापअराउन्ड ककपिट लेआउट प्रयोग गरेको छ। शाओमीले एसयू७ बाट फ्लिप–अप डिस्प्लेलाई स्काई स्क्रिन प्यानोरामिक डिस्प्लेले प्रतिस्थापन गरेको छ। यसमा ह्यान्डहेल्ड गियर शिफ्टर, डुअल वायरलेस फोन चार्जर र नयाँ तेर्सो कप होल्डर लेआउट रहेको छ।

अगाडिका सिटहरूमा बिल्ट–इन जिरो–ग्य्राभिटि मसाज सुविधाहरू उपलब्ध हुने बताइएको छ। साथै त्यहाँ वान–टच रिक्लाइन र रिकभरी मोड पनि हुने उल्लेख गरिएको छ। पछाडिका सिटहरूले १३५ डिग्रीसम्मको विद्युतीय समायोजन प्रदान गर्नेछन्। सेन्टर आर्मरेस्ट पछाडिको ६.६८–इन्च स्क्रिनले मिडिया, नेभिगेसन र कार सेटिङहरू नियन्त्रण गर्नेछ। यस बाहेक इलेक्ट्रिक एसयूभीको भित्र बिल्ट–इन फ्रिज र ४/६ स्प्लिट रियर सिटहरू पनि समावेश गरिएका छन्।

वाईयू७ मा तीनवटा पावरट्रेन विकल्पहरू उपलब्ध हुनेछन्। आधार मोडेलमा २३५ किलोवाट, ५२८एनएम टर्क, ५.८८ सेकेन्डमा ०–१०० किमी/घण्टा र ८३५ किमी सीएलटीसी दायरा भएको ९६.३ किलोवाट आवर ब्याट्री समावेश गरिएको छ। वाईयू७ प्रोमा डुअल मोटर्स, ३६५ किलोवाट, ६९० एनएम टर्क, ४.२७ सेकेन्डमा ०–१०० किमी/घण्टा र ७७० किलोवाट रेञ्ज उपलब्ध हुने बताइएको छ।

वाईयू७ म्याक्समा ५०८ किलोवाट, ८६६ एनएम टर्क, ३.२३ सेकेन्डमा ०–१०० किमी/घण्टा र ७६० किलोवाट रेञ्ज भएको १०१.७ किलोवाट आवर ब्याट्री समावेश गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १३ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया