एप्पलले सन् २०२७ सम्म हरेक वर्ष आईफोनको डिजाइन परिवर्तन गर्न सक्ने लीकको दाबी

Technology Khabar १३ जेष्ठ २०८२, मंगलवार

काठमाडौं ।

एप्पलले आईफोन लाइनअपलाई वर्षौंपछि सबैभन्दा ठूलो डिजाइन मेकओभर (परिवर्तन) गर्ने भएको छ। आगामी आईफोन १७ सिरिज, विशेष गरी प्रो मोडेलहरूमा फोनको पछाडि फैलिएको फराकिलो रियर क्यामरा बम्प हुने अपेक्षा गरिएको छ।

क्यामरा लेन्सहरू अझै पनि बायाँतिर पङ्क्तिबद्ध रहने छन् भने एलईडी फ्ल्यास, माइक्रोफोन र लिडीएआर सेन्सर दायाँतिर सर्न सक्ने सम्भावनको उल्लेख गरिएको छ। फोनहरूको पछाडि डुअल–टोन डिजाइन हुनेछ कि छैन भन्ने बारेमा अझै पनि बहस चलिरहेको र केही लीकहरूले यसो हुने दाबी गर्दै गर्दा अरूले भने त्यसको खण्डन गरेका छन्।

यो केवल एक पटकको पुनः डिजाइन मात्र नभएर धेरै वर्ष सुरक्षित रूपमा खेलेपछि एप्पलले सन् २०२५ देखि गियरहरू परिवर्तन गरिरहेको देखिन्छ।

त्यसैगरी कम्पनीले कम्तिमा अर्को तीन आईफोन पुस्ताका लागि हरेक वर्ष प्रमुख डिजाइन परिवर्तनहरूको योजना बनाइरहेको चीनबाट बाहिरिएको एक ताजा लीकले उल्लेख गरेको छ।

पञ्च–होलहरू, अन्डर–डिस्प्ले सेन्सर्स र आईफोन १९ तर्फको बाटोः
डिजिटल च्याट स्टेशनले आफ्नो पछिल्लो लीकमा सन् २०२५ का आईफोनहरूमा क्यामरा मोड्युल रिडिजाइनको रिपोर्टलाई पुनः पुष्टि गरेको छ। त्यसपछि, सन् २०२६ मा, एप्पलले फोनको अगाडि आफ्नो ध्यान केन्द्रित गरिरहेको बताइएको छ।

आईफोन १८ सिरिजले अगाडिको क्यामरा र फेस आईडीको लागि परिचित पिल–सेप्ड (गोली आकार) को मोड्युललाई त्याग्ने लीकले दाबी गरेको छ। यसलाई केवल सेल्फी क्यामराको लागि क्लिनर पञ्च–होल कटआउटले प्रतिस्थापन गरिने उल्लेख गरिएको छ।

लीकका अनुसार फेस आईडीको सट्टा एप्पलको लामो समयदेखि चर्चा चलिरहेको अन्डर–डिस्प्ले फेस आईडी प्रविधिले यहाँ आफ्नो डेब्यू गर्न सक्ने उल्लेख गरिएको छ।

यदि यो पर्याप्त महत्वाकांक्षी होइन भने, सन् २०२७ मा ठूलो परिवर्तन आउन सक्छ भनि थप उल्लेख गरिएको छ। आईफोन १९ सिरिज एप्पलको पहिलो वास्तविक फुल–स्क्रिन आईफोन हुने भनिएको छ जसमा कुनै नोच र कटआउट समावेश गरिने छैन। यसको अर्थ फेस आईडी सेन्सर र सेल्फी क्यामरा दुवै डिस्प्ले मुनि बस्ने÷हुनेछन्।

नोचलेस आईफोनको हल्ला केही समयदेखि चलिरहेको भए तापनि स्पष्ट समयरेखाको बारेमा सुन्नमा आएको भने यो पहिलो पटक हो। त्यसैगरी, एप्पलको लागि लगातार डिजाइन ओभरहालहरू गर्न भने सजिलो नहुने उल्लेख गरिएको छ।

अन्डर–डिस्प्ले क्यामराहरूले अझै लामो बाटो तय गर्न बाँकी रहेको उल्लेख गरिएको छ। रेडम्याजिक जस्ता एन्ड्रोइड ब्रान्डहरूले वर्षौंदेखि प्रविधिको प्रयोग गर्दै आएको भए पनि ईमेज क्वालिटी (गुणस्तर) अझै पनि परम्परागत क्यामरासँग मेल नखाएको बताइएको छ। त्यसैले यदि एप्पलले यसलाई आईफोन १९ मा समावेश गर्ने हो भने अझै पनि केही सम्झौता हुन सक्छन् भनि गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १३ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया