च्याटजीपीटीको माग तीव्र बढेकाले सिओलमा कार्यालय खोल्दै ओपनएआई

  • Technology Khabar | १२ जेष्ठ २०८२, सोमबार
च्याटजीपीटीको माग तीव्र बढेकाले सिओलमा कार्यालय खोल्दै ओपनएआई

काठमाडौं ।

ओपनएआईले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो पहिलो कार्यालय स्थापना गर्ने सोमबार घोषणा गरेको छ। यसका लागि कम्पनीले दक्षिण कोरियामा एउटा संस्था दर्ता गरिसकेको छ। दक्षिण कोरियामा च्याटजीपीटी सेवाको माग तीव्र रूपमा बढिरहेका कारण कार्यालय नै खोल्न लागेको बुझिएको छ।

ओपनएआईका अनुसार संयुक्त राज्य अमेरिकापछि दक्षिण कोरियामा सबैभन्दा बढी पैसा तिरेर च्याटजीपीटी प्रयोग गर्ने प्रयोगकर्ताहरू छन्।

“सिलिकनदेखि सफ्टवेयरसम्म र विद्यार्थीदेखि जेष्ठ नागरिकसम्म, कोरियाको पूर्ण एआई इकोसिस्टमले यसलाई अर्थपूर्ण एआई प्रभावका लागि विश्वका सबैभन्दा सम्भावनायुक्त बजारहरूमा परिणत बनाउँछ,” प्रमुख रणनीतिक अधिकृत जेसन क्वोनले एक विज्ञप्तिमा बताएका छन्।

यस वर्षको सुरुमा, ओपनएआई ले च्याट एप सञ्चालक काकाओसँग मिलेर दक्षिण कोरियाका लागि कृत्रिम बुद्धिमत्ता उत्पादनहरू विकास गर्ने घोषणा गरेको रोयटर्सले उल्लेख गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, सिओल भ्रमणमा रहेका क्वोनले प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टी र सत्तारूढ पिपुल पावर पार्टीका अधिकारीहरूसँग बैठक गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १२ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार