काठमाडौं ।
बृहस्पतिको प्रारम्भिक विकास र गुरुत्वाकर्षण प्रभावले सौर्यमण्डलको संरचना र प्लानेटरी (ग्रहीय) कक्षहरूलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।
बृहस्पतिको प्रारम्भिक विकासको जानकारीले सौर्यमण्डलको गठन र संरचनामा प्रकाश पार्दछ। सौर्यमण्डलको गुरुत्वाकर्षण ‘आर्किटेक’ (वास्तुकार) को रूपमा बृहस्पतिको प्रभावले अन्य ग्रहहरूको कक्षलाई आकार दिन र तिनीहरूबाट आएको ग्यास र डस्ट (धुलोको) डिस्कलाई परिभाषित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।
नेचर एस्ट्रोनोमी जर्नलमा प्रकाशित एक नयाँ अध्ययनमा, क्याल्टेकमा प्लानेटरी साइन्स (ग्रह विज्ञान) का प्राध्यापक कोन्स्टान्टिन ब्याटिगिन (पीएचडी ’१२); र मिशिगन विश्वविद्यालयका भौतिक विज्ञान र खगोल विज्ञानका प्राध्यापक फ्रेड सी. एडम्सले बृहस्पतिको आदिम अवस्थाको बारेमा विस्तृत जानकारी प्रदान गरेका छन्।
सौर्यमण्डलको पहिलो ठोस पदार्थहरू गठन भएको लगभग ३.८ मिलियन वर्ष पछिको एक महत्वपूर्ण क्षणमा जब प्रोटोप्लानेटरी नेबुला भनेर चिनिने सूर्य वरिपरि म्याटेरियल (पदार्थको) डिस्क विघटन भइरहेको थियो र बृहस्पति उल्लेखनीय रूपमा ठूलो थियो भने चुम्बकीय क्षेत्र अझ शक्तिशाली भएको तिनीहरूको गणनाले खुलासा गरेका छन्।
“हाम्रो अन्तिम लक्ष्य भनेको हामी कहाँबाट आएका हौं भनेर बुझ्नु हो, र ग्रह निर्माणको प्रारम्भिक चरणहरूलाई पिन गर्नको लागि पजल समाधान गर्न आवश्यक छ” ब्याटिगिन भन्छन्। “यसले हामीलाई बृहस्पति मात्र नभएर सम्पूर्ण सौर्यमण्डलले कसरी आकार लियो भनेर बुझ्नको लागि नजिक ल्याएको छ” उनले थप उल्लेख गरे।
ब्यटिगिन र एडम्सले बृहस्पतिको साना चन्द्रमाहरू अमलथिया र थेबेको अध्ययन गरेर यो प्रश्नको समाधान गरेका हुन् जुन ग्रहको चार ठूला ग्यालिलियन चन्द्रमाहरूमध्ये सबैभन्दा सानो र नजिकको लो भन्दा पनि बृहस्पतिको नजिकबाट परिक्रमा गर्छन्।
अमलथिया र थेबेको कक्षाहरू अलि ढल्केको हुनाले ब्याटिगिन र एडम्सले बृहस्पतिको मूल आकार गणना गर्न यी साना भिन्नताहरूको विश्लेषण गरेको बताइएको छ जुन यसको हालको आकारको लगभग दोब्बर, जुन पृथ्वीको आयतनको २,००० गुणा बढी हो। साथै अनुसन्धानकर्ताहरूले त्यतिबेला बृहस्पतिको चुम्बकीय क्षेत्र आजको भन्दा लगभग ५० गुणा बलियो भएको निर्धारण पनि गरेका छन्।
“यो अचम्मको कुरा हो कि ४.५ अर्ब वर्ष पछि पनि, बृहस्पतिको अस्तित्वको सुरुवातमा यसको भौतिक अवस्था पुनर्निर्माण गर्न पर्याप्त संकेतहरू बाँकी छन्” भन्दै एडम्सले आजको सौर्यमण्डलमा विगतले छोडेको उल्लेखनीय छापलाई प्रकाश पारेको एनडीटिभीले उल्लेख गरेको छ।
प्रकाशित: १२ जेष्ठ २०८२, सोमबार