बिटक्वाइन माइनिङ र एआई डाटा केन्द्रहरूका लागि २ हजार मेगावाट बिजुली छुट्याउँदै पाकिस्तान

Technology Khabar १२ जेष्ठ २०८२, सोमबार

बिटक्वाइन माइनिङ र एआई डाटा केन्द्रहरूका लागि २ हजार मेगावाट बिजुली छुट्याउँदै पाकिस्तान
सांकेतिक तस्बिर

काठमाडौं ।

पाकिस्तानले बिटक्वाइन माइनिङ र एआई डाटा केन्द्रहरूका लागि पहिलो चरणमा २,००० मेगावाट बिजुली छुट्याउने भएको पाकिस्तानी अर्थ मन्त्रालयले आइतबार जानकारी दिएको छ।

यो कदम इस्लामाबादको योजना अनुसार अतिरिक्त बिजुलीलाई बिटक्वाइन माइनिङ र एआई डाटा केन्द्रहरूमा प्रयोग गरेर सदुपयोग गर्ने रणनीतिको हिस्सा हो।

रोयटर्सका अनुसार पाकिस्तानको ऊर्जा क्षेत्र अहिले उच्च विद्युत शुल्क र अतिरिक्त उत्पादन क्षमताको समस्यासँग जुधिरहेको छ। पछिल्ला वर्षहरूमा सौर्य ऊर्जाको तीव्र विस्तारले उपभोक्ताहरू वैकल्पिक ऊर्जा स्रोततर्फ आकर्षित हुँदै गएकाले यो अवस्था अझ जटिल बनेको छ।

उक्त पहल सरकार समर्थित संस्था पाकिस्तान क्रिप्टो काउन्सिल (पीसीसी) द्वारा अगाडि बढाइएको हो। मन्त्रालयका अनुसार, यस रणनीतिले अतिरिक्त बिजुलीलाई आर्थिक रूपान्तरण गर्ने, प्रविधिमैत्री रोजगारी सिर्जना गर्ने र वैदेशिक लगानी आकर्षित गर्ने लक्ष्य लिएको छ।

यो बिजुली छुट्याउने निर्णय डिजिटल पूर्वाधार विस्तारको पहिलो चरण भएको र oसले क्रमशः अन्य चरणहरूमा पनि विस्तार पाउने मन्त्रालयले बताएको छ।

प्रकाशित: १२ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया