Technology Khabar १२ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
एप्पलका सीईओ टिम कुकले टेक्सास राज्यका गभर्नर ग्रेग एबटलाई फोन गरेर नयाँ पारित गरिएको कानुनमा संशोधन गर्न वा त्यसमा भिटो लगाउन आग्रह गरेका छन्। यसबारे हालै वाल स्ट्रीट जर्नलले जानकारी बाहिर ल्याएको हो।
गभर्नर एबटले यो विधेयकमा अहिलेसम्म हस्ताक्षर गरेका छैनन्। तर एप्पल र गुगल दुवै कम्पनी चासो राख्ने समूहहरूसँग मिलेर यो कानुनको विरुद्ध काम गरिरहेका छन्।
विशेषगरी एप्पलले टेक्सासको विधेयक प्रयोगकर्ताको गोपनीयताको लागि खतरा हुन सक्ने चिन्ता व्यक्त गरेको टेकक्रञ्चले उल्लेख गरेको छ।
विधेयकअनुसार, यदि कुनै नाबालकले उपकरण प्रयोग गर्छ भने, उनको एप स्टोर खाता अभिभावकको खातासँग जोडिनुपर्ने र नाबालकले एप डाउनलोड गर्दा अभिभावकलाई सूचित गरी स्वीकृति मागिने व्यवस्था हुनेछ।
“यदि यो कानुन लागू भएमा मौसमको अपडेट होस् वा खेलकुदको स्कोर मात्र दिने जुनसुकै एप डाउनलोड गर्न चाहने प्रत्येक टेक्सास निवासीको संवेदनशील व्यक्तिगत जानकारी एप मार्केटप्लेसहरूले सङ्कलन गरी सुरक्षित राख्नुपर्नेछ,” एप्पलका प्रवक्ताले वालस्ट्रीट जर्नललाई भने।
प्रकाशित: १२ जेष्ठ २०८२, सोमबार