Technology Khabar १२ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्षको दशौं महिना २०८२ वैशाखसम्म २६ करोड २९ लाख ४५ हजारको स्मार्ट वाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को २०८२ वैशाख महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।
यो अवधिमा २५ करोड २९ लाख ४५ हजार बराबरको १ लाख ५५ हजार ११२ थान स्मार्ट वाच आयात भएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार यो महिनासम्ममा नेपालमा २५ मुलुक तथा एउटा नाम नखुलेको ठाउँबाट गरी १ लाख ५५ हजार ११२ थान स्मार्ट वाच आयात भएको देखिन्छ।
उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै १ लाख ३४ हजार १६९ थान स्मार्ट वाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य १९ करोड १८ लाख ४१ हजार रुपैयाँ रहेको छ।
यसैगरी भारतबाट ३ करोड ३६ लाख २६ हजार बराबरको १९ हजार ३३६ थान र भियतनामबाट ३ करोड ५० लाख ८९ हजार बराबरको १ हजार २ सय थान स्मार्ट वाच भित्रिएको छ।
यस्तो छ विवरण:
| क्रं सं | देश | विवरण | रकम (हजारमा) |
| १ | चीन | १३४१६९ | १९१८४१ |
| २ | भारत | १९३३६ | ३३६२६ |
| ३ | भियतनाम | १२०० | ३५०८७ |
| ४ | जर्मनी | ७९ | १०९ |
| ५ | यूएई | ४४ | ३१० |
| ६ | अमेरिका | ४६ | ३३० |
| ७ | कतार | १७ | १२ |
| ८ | हङकङ | ४६ | ४०५ |
| ९ | अस्ट्रेलिया | २६ | १९६ |
| १० | इजरायल | १६ | १२ |
| ११ | भानुआटु | १० | १० |
| १२ | कुवेत | ५६ | २० |
| १३ | कोरिया | ३१ | ६४७ |
यसबाहेक थाइल्याण्डबाट ९४ हजारको ८ थान, जापान, माल्दिभ्स, साउदी अरेबिया, उज्बेकिस्तान र सिंगापुरबाट क्रमश: ४४ हजार, १ हजार र ४६ हजार बराबरका समान ३-३ थान स्मार्टफोन आएको छ।
यस्तै बेलायत, स्विजरल्याण्ड, श्रीलंका, नर्वे तथा मलेसियाबाट क्रमश: २ हजार, १ लाख २ हजार, ३-३ हजार बराबरको समान २-२ थानका साथै र बेल्जियम तथा नाम नखुलेको एक क्षेत्रबाट समान १-१ थान स्मार्ट वाच आयात भएको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: १२ जेष्ठ २०८२, सोमबार