
काठमाडौं ।
शाओमीको नयाँ इलेक्ट्रिक एसयूभी वाईयू७ जुलाईमा बजारमा आउने अपेक्षा गरिएको छ। यसबारे संस्थापक तथा सीईओ लेई जुनले बिहीबार वेबो पोस्टमार्फत् बताएका छन्।
विश्वको तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी शाओमीले बिहीबार नै आफ्नो दोस्रो ईभी मोडेल सार्वजनिक गर्नेछ।
रोयटर्सका अनुसार नयाँ एसयूभीलाई टेस्लाको सबैभन्दा धेरै बिक्री भएको मोडल वाईसँग प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ प्रस्तुत गरिएको छ। यस वर्षको सुरुवातमा सार्वजनिक गरिएको पुनः डिजाइन गरिएको मोडल वाईको सुरुवाती मूल्य चीनमा २६३,५०० युआन (३६,५७९ अमेरिकी डलर) रहेको छ।
प्रकाशित: १० जेष्ठ २०८२, शनिबार