विश्वव्यापी टीडब्ल्यूएस बजार १८ प्रतिशतले वृद्धि, एप्पल अग्र स्थानमाः क्यानालिस

Technology Khabar १० जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

टीडब्ल्यूएस (ट्रु वायरलेस स्टेरियो) अडियो उपकरणहरूको विश्वव्यापी बजारले सन् २०२५ को पहिलो त्रैमासिकमा प्रभावशाली १८ प्रतिशत वृद्धि रेकर्ड गरेको क्यानालिसले आफ्नो पछिल्लो रिपोर्टमा खुलासा गरेको छ।

यो सन् २०२१ पछिको उच्चतम वार्षिक दर भएको बताइएको छ र जसको ढुवानी ७ करोड ८० लाख एकाइ पुगेको उल्लेख गरिएको छ।

एप्पल १८.२ मिलियन ढुवानीका साथ अग्रणी स्थानमा रहन सफल भएको छ भने दोस्रो स्थानमा शाओमी रहेको छ। साथै एप्पलको ढुवानी शाओमीको भन्दा दोब्बर भएको बताइएको छ। त्यसैगरी सामसङ तेस्रो स्थानमा रहेको छ भने त्यसपछि ह्वावे चौथो र बोट पाँचौंमा रहेका छन्।

सन् २०२५ को पहिलो त्रैमासिकमा अमेरिकी बजार दोहोरो अंकले वृद्धि भएको छ र क्यानालिसले यो वृद्धि ट्यारिफ अनिश्चितताको प्रतिक्रियामा पूर्वसूचना निर्माणको कारणले भएको उल्लेख गरेको छ।

एप्पलले उत्तरी अमेरिकामा बजार हिस्साको ५० प्रतिशत भन्दा बढी ओगटेको बताइएको छ भने साना उत्पादकहरू नरम उपभोक्ता माग र अनिश्चित नियामक परिदृश्यका कारण पछि हटिरहेको उल्लेख गरिएको छ।

क्यानालिसका विश्लेषकहरूले टीडब्ल्यूएस बजार नयाँ चरणमा प्रवेश गरिरहेको औंल्याएका छन्। छोटो अवधिमा, सबैले फर्म फ्याक्टर नवप्रवर्तन वा परिदृश्य–आधारित प्रयोग केसहरू प्रदान गर्ने लक्ष्य राखेका छन्, तर यो मूल्य प्रतिस्पर्धाभन्दा बाहिर जाने बिक्रेताको क्षमता हो जसले दीर्घकालीन रूपमा बजारलाई परिभाषित गर्नेछ भनि थप उल्लेख गरिएको छ।

प्रयोगकर्ताहरूले अब रियल–टाइम ट्रान्सलेसन (वास्तविक–समय अनुवाद), फिटनेस ट्र्याकिङ, र एआई इन्टरएक्सन (अन्तरक्रिया) चाहेको र यसको लागि थप समग्र इकोसिस्टम अप्रोच आवश्यक पर्ने उल्लेख गरिएको छ।

कम्पनीहरूलाई आफ्नो पोर्टफोलियोहरू पूरक बनाउन र नयाँ उपभोक्ताहरूमा विस्तार गर्न अनुमति दिने भएकाले टीडब्ल्यूएस सन् २०२५ को बाँकी समयको लागि पनि एक प्रमुख फोकस (केन्द्र)मा रहनेछ भनि जीएसएमएरिनामाले उल्लेख गरेको छ।

प्रकाशित: १० जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया