एएमडीद्वारा कम्प्युटेक्स २०२५ मा आफ्नो ९०६० एक्सटी जीपीयू सार्वजनिक

Technology Khabar १० जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

एएमडीले कम्प्युटेक्स २०२५ मा आफ्नो ९०६० एक्सटी जीपीयू सार्वजनिक गरेको छ। यो मिडरेन्ज जीपीयू एनभिडियाको ५०६० टीआईसँग लगभग सबै स्पेसमा प्रतिस्पर्धा गर्न सक्षम हुनेछ।

एएमडीको ४-न्यानोमिटर आरडीएनए ४ सिलिकनमा निर्माण गरिएको ९०६० एक्सटीमा ३२ कम्प्युट युनिट, ६४ विशेष एआई एक्सेलेरेटरहरू र ३२ रे-ट्रेसिङ कोर हुनेछन्।

इन्ग्याजेटका अनुसार आरएक्स ९०६० एक्सटी ८जीबी र १६ जीबी जीडीडीआर६ संस्करणमा आउनेछ भने एनभिडिया को आरटीएक्स ५०६० टीआईले छिटो २८ जीबी/सेकेन्ड जीडीडीआर७ प्रयोग गर्छ, जसले उही १२८-बिट बसमा करिब ४० प्रतिशत बढी ब्यान्डविड्थ (४४८ जीबी/ सेकेण्डको सट्टा करिब ३२२जीबी/ सेकेण्ड) प्रदान गर्छ। यी स्पेसहरूबाट ठोस निष्कर्ष निकाल्न अगाडि सङ्गसङ्गै  राखेर गरिएको प्रदर्शन तुलना कुरिरहनु पर्ने हुन्छ।

एएमडीले ९०६० एक्सटीको बुस्ट क्लक स्पीड अधिकतम ३.१३ गिगाहर्ज हुने बताएको छ। जीपीयूले एआई कार्यहरूको लागि ८२१ ट्प्स प्रदर्शन गर्ने दावी गरेको छ र बोर्डबाट १५० देखि १८२ वाटसम्म पावर खपत गर्नेछ। यो कार्ड पीसीआईई ५.०x१६ मार्फत जडान हुनेछ र डिस्प्ले पोर्ट २.१a तथा एभडीएमआई २.१बी समर्थन गर्नेछ।

प्रारम्भिक स्पेसहरूका आधारमा, ९०६० एक्सटी १०८०पी मा गेम चलाउन उपयुक्त हुने र १४४०पी का लागि पनि राम्रो विकल्प बन्न सक्ने अनुमान गरिएको छ। फोरकेमा खेल्न चाहनेहरूले भने रेडिअन आरएक्स ९०७० वा ९०७० एक्सटी रोज्नु पर्ने हुन्छ।

मूल्य र ठ्याक्कै सार्वजनिक हुने मिति हालसम्म घोषणा गरिएको छैन।

प्रकाशित: १० जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया