Technology Khabar ८ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
झापाको कनकाई नगरपालिका-६, लक्ष्मीपुरबाट प्रहरीले भारतीय क्रिकेट आइपिएललगायतमा अनलाइन सट्टेबाजी खेलाएको आरोपमा दुई जनालाई पक्राऊ गरेको छ। उनीहरु आमाछोरा भएको खुलेको छ। पक्राउ पर्नेमा कनकाई, लक्ष्मोपुर बस्ने ४१ वर्षीय इन्दिरा प्रसाई र उनको छोरा २१ वर्षीय सिमन प्रसाई रहेका छन्।
मगलबार राति अन्दाजी २:३० बजे कनकाई नगरपालिका-८, लक्ष्मीपुरमा अनलाइन सट्टेबाजो (अनलाइन जुवा) खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले छापा मारेको थियो।
उनीहरूले कामदार नै राखेर अनलाइन जुवा खेलाउने गरेको प्रहरोको दावी छ। उनीहरूले हालसम्ममा १० अर्ब रुपैयाँभन्दा बढीको खेलबाड गराइसकेको प्रमाण रहेको स्रोतको दावी छ। उनीहरूको साथबाट पाँच थान मोबाइल, दुई थान ट्याब र एउटा ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। उनोहरूबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए।
आजको गोरखापत्रबाट
प्रकाशित: ८ जेष्ठ २०८२, बिहीबार