Technology Khabar ८ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
गुगलले मंगलबार आफ्नो आई/ओ सम्मेलनमा, नयाँ एआई अल्ट्रा प्लान (योजना) घोषणा गरेको छ, जुन नयाँ नामकरण गरिएको एआई प्रो प्लान (पहिले एआई प्रिमियमको रूपमा चिनिएको) सँगसँगै प्रस्ताव गरिनेछ। एआई अल्ट्रा प्रति महिना २४९.९९ अमेरिकी डलरमा उपलब्ध हुनेछ भने सुरुमा अमेरिकामा पहिलो तीन महिनाको लागि ५० प्रतिशत छुट प्राप्त गर्ने सकिने उल्लेख गरिएको छ। यसमा ३०टीबी गुगल क्लाउड स्टोरेज उपलब्ध हुने र युट्युब प्रिमियम समावेश रहेको बताइएको छ। एआई प्रोको भने पहिले जस्तै प्रति महिना १९.९९ अमेरिकी डलर कायम गरिएको उल्लेख छ।
अल्ट्राले हाइएस्ट रेट लिमिट्स (उच्चतम दर सीमा) भएका सबैभन्दा शक्तिशाली मोडेलहरूका साथै यसको “अरूले भन्दा पहिले सबैभन्दा रोमाञ्चक प्रयोगात्मक एआई प्रोडक्टहरू” मा प्रारम्भिक पहुँच दिन्छ भनि गुगलले उल्लेख गरेको छ।
त्यसैगरी भिओ ३ एआई भिडियो जेनेरेटर मंगलबारदेखि एआई अल्ट्रा ग्राहकहरूको लागि उपलब्ध गराइएको छ। गुगलले यो “आफ्नै लिगमा” रहेको बताएको छ भने यसले “केवल भिडियो सिन जेनेरेट(उत्पन्न) नगरेर हलचल शहरको ध्वनि, पातहरूको सूक्ष्म आवाज वा चरित्र संवादका साथ सबै साधारण टेक्स्ट प्रम्प्टहरूबाट” प्रदान गर्ने उल्लेख गरिएको छ।
इम्याजिन ४ गुगलको एआई ईमेज जेनेरेटरको नवीनतम संस्करण हो र यो मंगलबारदेखि नै एपमा सबै जेमिनी प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको छ। साथै डीप रिसर्चले निजी पीडीएफहरू र ईमेजेज (तस्बिरहरू) जस्ता आफ्नै स्रोतहरू थप्न दिने उल्लेख गरिएको छ।
यस बाहेक बुधबारदेखि जेमिनी अमेरिकामा विन्डोज र म्याकोसमा अंग्रेजीलाई आफ्नो क्रोम भाषाको रूपमा प्रयोग गर्ने गुगल एआई प्रो र एआई अल्ट्रा सदस्यहरूका लागि डेस्कटपमा क्रोममा उपलब्ध हुने भएको छ।
पहिलो संस्करणले प्रयोगकर्ताहरूलाई जेमिनीलाई कुनै पनि वेबसाइटमा जटिल जानकारी स्पष्ट पार्न वा जानकारी संक्षेप गर्न अनुरोध गर्नेछ। भविष्यमा, जेमिनीले मल्टिपल (धेरै) ट्याबहरूमा काम गर्ने र तपाईंको तर्फबाट वेबसाइटहरू नेभिगेट गर्ने क्षमता प्राप्त गर्ने इनग्याजेटले उल्लेख गरेको छ।
प्रकाशित: ८ जेष्ठ २०८२, बिहीबार