Technology Khabar ८ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
गुगलको लाइभ ट्रान्सलेसन टुल्स अब चाँडै नै भिडियो कल र मिटिङ्ग (बैठक) हरू मा थप प्राकृतिक रूपमा प्रयोग गर्न सकिने भएको छ।
कम्पनीले मंगलबार आफ्नो आई/ओ विकासकर्ता सम्मेलनमा गुगल मीटमा लाइभ ट्रन्सालेसन सुविधा ल्याउने घोषणा गरेको छ। यस हप्तादेखि, एआई–संचालित, रियल–टाइम स्पेनिस ट्रान्सलेसन (वास्तविक–समय स्पेनी अनुवाद) एपमा उपलब्ध हुने बताइएको छ।
अझ धेरै भाषाहरू आउने क्रममा बाटोमा छन् र प्रविधि “प्राकृतिक र फ्रि–फ्लोइङ्ग कन्भर्सेसन (स्वतन्त्र कुराकानी गर्ने) धेरै नजिक छ” रहेको गुगलले बताएको छ।
संक्षिप्त डेमोको क्रममा, मीटमा लाइभ ट्रन्सालेसन (प्रत्यक्ष अनुवाद) ले स्पिकर (वक्ता)को स्वर र तालसँग मेल खानुका साथै एक्सप्रेसन (अभिव्यक्तिहरू) च्यानल गर्न पनि सक्षम भएको उल्लेख गरिएको छ।
यो सुविधा धेरै मानिसहरूका लागि उपयोगी हुनेछ भन्ने कुरामा कुनै शंका नभएको र विशेष गरी अन्य देशका सहकर्मीहरूसँग काम गर्ने कलहरूका लागि यो निकै उपयोगी हुने बताइएको छ।
लाइभ ट्रान्सलेसन (प्रत्यक्ष अनुवाद) ले सबैलाई प्रयोगकर्ताहरूलाई सबैभन्दा सहज हुने भाषामा बोल्न अनुमति दिनेछ, र प्रविधिले भार उठाउने उल्लेख गरिएको छ।
पहिले, कुनै पनि अनुवाद गर्न गुगल मीटमा लाइभ क्याप्सनमा भर पर्नुपथ्र्यो भने तर अब ती क्याप्सन पढ्नु नपर्ने भएकोले प्रयोगकर्ताहरूले कुराकानीमा अझ बढी ध्यान दिन सक्ने बताइएको छ।
मंगलबारदेखि, गुगल मीटमा लाइभ ट्रान्सलेसन (प्रत्यक्ष अनुवाद) गुगल एआई प्रो र अल्ट्रा योजनाहरूमा बिटामा उपलब्ध हुनेछ। कम्पनीले “प्रारम्भिक परीक्षण” चरणको भागको रूपमा यस वर्षको अन्त्यतिर इन्टरप्राइज प्रयोगकर्ताहरूको लागि नयाँ सुविधाहरू उपलब्ध हुने बताएको छ।
गुगलको वार्षिक आई/ओ विकासकर्ता सम्मेलन मंगलबार, मे २० तारिखमा सुरु भएको छ। गुगलले आई/ओ २०२५ मा अहिले सम्ममा फ्लो नामक एआई–पावर्ड मुभी क्रियसन टुल, गुगल मीटमा रियल–टाइम ट्रन्सालेसन, अपलोड गरिएका फोटोहरूमा आधारित भर्चुअल क्लोथिङ ट्राइ–अन्स, प्रोजेक्ट एस्ट्रा कम्प्युटर भिजनमा एआई इनहान्समेण्ट र थप कुराहरूको घोषणा गरेको इनग्याजेटले उल्लेख गरेको छ।
प्रकाशित: ८ जेष्ठ २०८२, बिहीबार