चीनद्वारा नयाँ सञ्चार भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

Technology Khabar ७ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको जनाएको छ।

‘चाइना–स्याट ३बी’ नामको उक्त स्याटेलाइटलाई साँझ ७ः५० बजे लङ् मार्च नामक रकेटमार्फत प्रक्षेपण गरिएको हो।

भूउपग्रहले पूर्वनिर्धारित कक्षमा सफलता पूर्वक स्थान लिन सफल भएको छ। यस उपग्रहमार्फत स्वर सञ्चार तथ्य आदानप्रदान, रेडियो तथा टेलिभिजन प्रसारण सेवाहरू प्रदान गरिने अपेक्षा गरिएको छ।

साथै, यस प्रक्षेपणसँगै लङ् मार्च रकेट शृङ्खलाको यो ५७७ औँ उडान रहेको छ, जसलाई एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया