एनभिडियाद्वारा संसारको सबैभन्दा ठूलो सुपर कम्प्युटर सार्वजनिक

Technology Khabar ७ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

एनभिडिया प्रविधिद्वारा सञ्चालित विश्वको सबैभन्दा ठूलो रिसर्च सुपर कम्प्युटरको रुपमा ‘एबीसीआई–क्यू’ सार्वजनिक गरिएको छ।

एनभिडियाले “ग्लोबल रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर फर बिजनेस फ्रम क्वान्टम टेक्नोलोजी–एआई” (जी–क्यूएटी) को सुरुवातको घोषणा गरेको छ जसमा क्वान्टम कम्प्युटिङमा समर्पित विश्वको सबैभन्दा ठूलो रिसर्च सुपर कम्प्युटर ‘एबीसीआई–क्यू’ हुनेछ।

एबीसीआई–क्यू सुपर कम्प्युटरले २,०२० एनभिडिया एच१०० ग्राफिक्स प्रोसेसिङ युनिटहरू (जीपीयूहरू) इन्टिग्रेट गर्दछ जुन एनभिडिया क्वान्टम–२ इन्फिनिब्याण्ड नेटवर्क प्लेटफर्म प्रयोग गरेर एकअर्कामा जोडिएको रिपोर्ट गरिएको छ।

यो प्रणाली एनभिडिया सीयूडीए–क्यूमा जडान गरिएको छ जुन उपयोगी लार्ज–स्केल क्वान्टम कम्प्युटिङ एप्लिकेसनहरू रन गर्न (चलाउन) आवश्यक हार्डवेयर र सफ्टवेयर व्यवस्थापन गर्ने हाइब्रिड कम्प्युटिङ प्लेटफर्म भएको बताइएको छ।

एआई सुपर कम्प्युटर एबीसीआई–क्यूले हाई–पर्फमेन्स (उच्च–प्रदर्शन) फुजित्सु क्यूबिट प्रोसेसर, क्यूएराको न्युट्रल एटम क्वान्टम प्रोसेसर र अप्टक्यूसी फोटोनिक प्रोसेसर पनि प्रयोग गर्दछ। यी सबैले मल्टिपल (धेरैवटा) क्यूबिट मोडहरूमा हाइब्रिड क्वान्टम–जीपीयू इकोसिस्टम सक्षम बनाउने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया