Technology Khabar ७ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
अहिले पृथ्वीको परिक्रमा गर्ने भूउपग्रहहरूको संख्या कति छन् भनेर तपाईंले कहिल्यै सोच्नुभएको छ? सन् २०२५ को मे महिना सम्ममा, ११,७०० भन्दा बढी सक्रिय भूउपग्रहहरू पृथ्वीको परिक्रमा गरिरहेका छन्, र यो संख्या रेकर्ड गतिमा बढिरहेको छ।
मुख्यतया स्पेसएक्स जस्ता निजी अन्तरिक्ष फर्महरूका कारण भूउपग्रहहरूको संख्यामा यी नाटकीय वृद्धि देखिएको बताइएको छ। यसको स्टारलिङ्क कन्स्टेलेसन मात्र ७,४०० भन्दा बढी भूउपग्रहहरू, वा सबै सक्रिय भूउपग्रहहरूको ६० प्रतिशत भएको उल्लेख गरिएको छ।
सन् २०२४ मा, औसतमा हरेक ३४ घण्टामा एउटा रकेट प्रक्षेपण गरिएको र केवल एक वर्षमा कक्षमा २,८०० भन्दा बढी नयाँ स्याटेलाइटहरू थपिएको लाइभसाइन्सले रिपोर्ट गरेको छ।
विज्ञहरूले सक्रिय भूउपग्रहहरूको संख्या स्थिर हुनु अघि उक्त संख्या १००,००० सम्म पुग्न सक्ने भविष्यवाणी गरेका छन् जसले अन्तरिक्ष ट्राफिक, डेब्री (भग्नावशेष), प्रदूषण र खगोल विज्ञानमा हस्तक्षेपको बारेमा गम्भीर चिन्ताहरू खडा गर्दछ।
भूउपग्रहको संख्या वृद्धि हुनुको कारण के हो?
व्यावसायिक ‘मेगा कन्स्टेलेसन’ को उदयको लागि, विश्वव्यापी रूपमा इन्टरनेट र सञ्चार सेवाहरू प्रदान गर्न डिजाइन गरिएका स्याटेलाइटहरूको विशाल नेटवर्कहरू, एक प्रमुख कारक हो। स्पेसएक्सको स्टारलिङ्क बाहेक, अमेजन (प्रोजेक्ट कुइपर), वनवेब र चिनियाँ कम्पनीहरू जस्ता अन्य खेलाडीहरूले आक्रामक रूपमा अन्तरिक्षमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन्।
हार्वर्ड र स्मिथसोनियनका खगोलशास्त्री जोनाथन म्याकडोवेलले निष्क्रिय वा बन्द गरिएका उपग्रहहरू सहित भूउपग्रहहरूको कुल संख्या १४,९०० को नजिक रहेको अनुमान गरेका छन्।
सीमा कति हो?
वैज्ञानिकहरूले लो–अर्थ अर्बिट (एलईओ)–को बोक्ने क्षमतालाई एकअर्कासँग ठोक्किने उच्च जोखिम बिना सुरक्षित रूपमा सहअस्तित्वमा रहन सक्ने भूउपग्रहहरूको अधिकतम संख्याको रुपमा उल्लेख गरेका छन्।
विज्ञहरूले यसको सीमा लगभग १००,००० सक्रिय स्याटेलाइटहरू अट्न सक्ने विश्वास व्यक्त गरेका छन्। हालको प्रक्षेपण दरको आधारमा, सन् २०५० अघि यो आफ्नो सीमामा पुग्न सक्ने उल्लेख गरिएको छ।
यो किन महत्त्वपूर्ण छ?
भूउपग्रहहरूले विश्वव्यापी कनेक्टिभिटी र प्रकोप अनुगमन जस्ता स्पष्ट फाइदाहरू ल्याउँदा, यसको वृद्धिले धेरै धेरै चिन्ताहरू पनि खडा गरेका छन्ः
विज्ञहरू के भनिरहेका छन्?
“यसले अन्तरिक्ष ट्राफिक व्यवस्थापन समस्या निम्त्याउँछ, खगोल विज्ञानमा हस्तक्षेप गर्छ र वायुमण्डलीय प्रदूषण सिर्जना गर्छ” क्यानेडियन खगोलविद् आरोन बोलीले लाइभ साइन्सलाई भने। उनी र अन्य वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष नियमहरू पूरा नभएसम्म भूउपग्रह प्रक्षेपणहरूमा सुस्तता वा ढलाई गर्ने तर्क गरेका छन्।
विशेष गरी दुर्गम क्षेत्रहरूमा, यी नेटवर्कहरूले डिजिटल डिभाइड (खाडल)लाई कम गर्न मद्दत गरिरहँदा, विज्ञहरूले स्याटेलाइट प्रविधिको फाइदाहरू अन्तरिक्ष र पृथ्वी दुवैको लागि धेरै उच्च लागतमा नआओस् भनेर सुनिश्चित गर्न सावधानी र विश्वव्यापी सहयोगको लागि आह्वान गरिरहेका छन्।
प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार